Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

खुला सीमा, अवैध शरणार्थी प्रवेश र कानुनी जटिलता सीमा सुरक्षाका मुख्य चुनौती : आईजीपी कार्की

खुला सीमा, अवैध शरणार्थी प्रवेश र कानुनी जटिलता सीमा सुरक्षाका मुख्य चुनौती : आईजीपी कार्की

शुक्रवार , श्रावण ८, २०८३

काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले खुला सीमा, अवैध रूपमा हुने शरणार्थी प्रवेश र कानुनी क्षेत्राधिकारको अभाव सीमावर्ती क्षेत्रको सुरक्षा व्यवस्थाका लागि प्रमुख चुनौती बनेको बताएका छन् ।

शुक्रबार सिंहदरबारमा बसेको राष्ट्रियसभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति बैठकमा बोल्दै महानिरीक्षक कार्कीले सीमा सुरक्षा र अपराध नियन्त्रणका क्रममा प्रहरीले भोगिरहेका समस्या तथा चुनौतीबारे जानकारी गराएका हुन् ।

आईजीपी कार्कीका अनुसार पछिल्लो समय रोहिंग्या, पाकिस्तानी र सोमालियाली नागरिकहरू भारत हुँदै अवैध रूपमा नेपाल प्रवेश गर्ने क्रम सुरक्षा चुनौतीका रूपमा देखिएको छ। उनीहरूलाई पहिचान गरी नियन्त्रणमा लिने र सम्बन्धित निकायलाई बुझाउने काम भइरहेको उनले बताए।

उनले केही विदेशी नागरिकहरू नेपालका विभिन्न स्थानमा समूह बनाएर बस्ने क्रममा लागुऔषध कारोबारलगायतका आपराधिक गतिविधिमा संलग्न भएको पाइएको जानकारी दिए।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077