काठमाडौं । नेपाल प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्की थाइल्यान्ड प्रस्थान गरेका छन् ।
थाइल्यान्डको राजधानी बैंककमा हुने एफबीआई क्षेत्रीय सम्मेलनमा सहभागी हुन आईजीपी कार्की आइतबार प्रस्थान गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
आईजीपी कार्कीको टोलीमा प्रहरी उपरीक्षक(एसपी) धर्मराज भण्डारी पनि बैंकक प्रस्थान गरेको जनाइएको छ ।
आईजीपी कार्कीलाई प्रहरी अतिरिक्त महानिरीक्षक९एआईजी०हरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेर बिदाइ गरेका छन् ।
यसअघि बुधबार मात्रै आईजीपी कार्की अमेरिकाबाट फर्किएका थिए ।
संयुक्त राष्ट्रसंघको प्रधान कार्यालय न्यूयोर्कमा असार २३–२४ गते सञ्चालन भएको पाँचौँ युनाइटेड नेशन्स चिफ अफ पुलिस समिटमा नेपालको तर्फबाट सहभागी भएर बुधबार स्वदेश फर्किएका हुन्।
समिटमा सहभागी हुन नेपाल प्रहरी महानिरीक्षक कार्कीसँगै सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेल पनि अमेरिका पुगेका थिए। अहिले भने आईजीपी कार्की मात्रै प्रस्थान गरेका हुन् ।