Jul 25 2026 | २०८३, श्रावण ९ गते

25 Jul 2026 | शनिवार, श्रावण ९ गते २०८३

शनिवार, श्रावण ९ गते २०८३
images
images

भारतीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानले दिए राजीनामा

भारतीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानले दिए राजीनामा

शनिवार , श्रावण ९, २०८३

काठमाडौं । भारतका शिक्षामन्त्री धर्मेन्द्र प्रधानले राजीनामा दिएका छन्।

राष्ट्रिय योग्यता परीक्षा (नीट) को प्रश्नपत्र लिक भएको प्रकरणमा सोमबारदेखि आन्दोलन चर्किएपछि उनले शनिबार राजीनामा दिएका हुन्।

कक्रोच जनता पार्टी (सिजेपी) को आह्वानमा भएको प्रदर्शन दिल्लीबाट अन्य राज्यहरूमा पनि फैलिएको थियो।

उनीहरूले शिक्षामन्त्री प्रधानको राजीनामा मागेका थिए। विद्यार्थी आन्दोलनले चर्को दबाब सिर्जना गरेपछि प्रधानले शनिबार राजीनामा दिएको भारतीय अखबार द हिन्दुस्तान टाइम्सले जनाएको छ।

शुक्रबार सिजेपी प्रतिनिधिसँग सरकारले दिल्लीस्थित कन्स्टिच्युसन क्लबमा दुई घन्टा लामो वार्ता गरेको थियो।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077