Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

भारतको नयाँदिल्लीस्थित एक होटलमा आगलागी हुँदा २१ जनाको मृत्यु, दर्जनौँ घाइते

भारतको नयाँदिल्लीस्थित एक होटलमा आगलागी हुँदा २१ जनाको मृत्यु, दर्जनौँ घाइते

बुधवार , जेठ २०, २०८३

एजेन्सी। भारतको राजधानी नयाँदिल्लीस्थित एक होटलमा भएको भीषण आगलागी हुँदा कम्तीमा २१ जनाको मृत्यु भएको छ ।

दिल्लीको दक्षिणी भागमा भीडभाडयुक्त बस्तीमा अवस्थित बेड-एन्ड-ब्रेकफास्ट ‘फ्लोरिस स्टे’ होटलमा बुधबार बिहान आगलागी भएको हो । 

आगो तीव्र रूपमा फैलिँदा भवनभित्र रहेका पाहुना र कर्मचारी फस्न पुगेका थिए । घटनास्थलमा आठ वटा दमकल परिचालन गरी लामो प्रयासपछि आगो नियन्त्रणमा लिइएको हो ।

उक्त घटनामा ४० जना भन्दाबढी मानिसहरु घाइते भएका छन् । उनीहरुलाई उपचारका लागि नजिकैका अस्पतालमा भर्ना गरिएको प्रहरीले जनाएको छ । 

प्रहरी र आपतकालीन सेवाका टोलीहरू अझै पनि घटनास्थलमा तैनाथ छन् र थप खोजी तथा उद्धार कार्य भइरहेको छ । स्थानीय सञ्चारमाध्यमहरूका अनुसार २१ जना मृतकमध्ये धेरैजसो अफ्रिकी मुलुकका आगन्तुकहरू रहेको अनुमान गरिएको छ ।
 
उनीहरू उपचार तथा अन्य प्रयोजनका लागि दिल्ली आएका थिए । 

यद्यपि आधिकारिक रूपमा मृतकहरूको पूर्ण विवरण भने सार्वजनिक गरिएको छैन ।

आगलागीको कारणबारे प्रारम्भिक रूपमा कुनै ठोस निष्कर्ष नआएको र घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।मन्त्री नरेन्द्र मोदीले घटनालाई ‘दुःखद’ भन्दै शोक व्यक्त गरेका छन् । उनको कार्यालयले सामाजिक सञ्जालमार्फत जारी गरेको विज्ञप्तिमा मृतकका परिवारप्रति समवेदना प्रकट गरिएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077