Jul 25 2026 | २०८३, श्रावण ९ गते

25 Jul 2026 | शनिवार, श्रावण ९ गते २०८३

शनिवार, श्रावण ९ गते २०८३
images
images

एमाले नेता सूर्य थापा भन्छन् - रास्वपाका १८२ जना सांसदप्रति जनआक्रोश बढ्यो

एमाले नेता सूर्य थापा भन्छन् - रास्वपाका १८२ जना सांसदप्रति जनआक्रोश बढ्यो

शनिवार , श्रावण ९, २०८३

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूप्रति जनस्तरमा असन्तुष्टि बढ्दै गएको दाबी गरिएको छ ।

पछिल्ला घटनाहरूलाई उद्धृत गर्दै नेकपा एमालेका नेता सूर्य थापाले धेरै आशा–चरम निराशामा परिणत भएको दाबी गरेका हुन् ।

उनले सामाजिक सञ्जालमार्फत रास्वपाका १८२ जना सांसदमाथि क्रमशः आक्रोश बढेको बताए । उनले दुई घटनालाई उदाहरणका रूपमा प्रस्तुत गरेका छन् ।

पहिलो, उदयपुर–१ बाट निर्वाचित रास्वपा सांसद पारसमणि गेलाललाई एक मतदाताले ूतपाईं चाउचाउको कुपनमा चिठ्ठा परेको माननीय होू भन्दै व्यंग्यात्मक टिप्पणी गरेको प्रसंग । दोस्रो, रौतहटमा रास्वपाका सांसद गणेश पौडेलमाथि कालो मसी प्रहार गरिएको घटना ।

यी घटनाले रास्वपाप्रति प्रारम्भिक उत्साहका साथ मत दिएका नागरिकमा निराशा बढ्दै गएको संकेत गर्ने दाबी गर्दै थापाले जनअपेक्षा र राजनीतिक प्रदर्शनबीचको दूरी बढेको बताए ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077