Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

गगन थापाको राजीनामा 'स्टन्ट र फण्डा' मात्रै हो : सूर्य थापा

गगन थापाको राजीनामा 'स्टन्ट र फण्डा' मात्रै हो : सूर्य थापा

बिहिवार , चैत्र ५, २०८२

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा ले पदबाट राजीनामा दिएको चर्चा चलेको अवस्थामा नेकपा एमालेका नेता सुर्य थापाले यसलाई राजनीतिक नाटकको संज्ञा दिएका छन् ।

बिहीबार सामाजिक सञ्जालमा प्रतिक्रिया व्यक्त गर्दै नेता थापाले कांग्रेस सभापतिको राजीनामा सम्बन्धी खबरलाई “बचकनापनको मजाक” भन्दै आलोचना गरेका छन्। उनले भनेका छन्, 'राजीनामा दिनेले दिएको भनेका छैनन्, बुझ्नेले हो पनि भनेको पाइँदैन, राजीनामाको औपचारिक पत्रसमेत गायब छ। अझ यो स्टन्ट, फण्डा र मिलोमतो जस्तो मात्रै देखिन्छ।'

७८ वर्ष लामो इतिहास बोकेको नेपाली कांग्रेसमा यस्ता गतिविधि हुनु दुःखद भएको उनको उल्लेख छ। यदि राजीनामा सत्य हो भने, कांग्रेसको केन्द्रीय कार्यालय, प्रवक्ता, उपसभापति र स्वयं सभापतिले यसको जिम्मेवारी लिएर आधिकारिकता पुष्टि गर्नुपर्ने उनले जोड दिएका छन्।

सामाजिक सञ्जालमा नेता थापाले थप लेखेका छन्,'मोही माग्ने ढुंग्रो लुकाउने तरिका वाहियात भयो। राजीनामा दिने वा नदिने कुरा सम्बन्धित व्यक्तिको ४८ वर्षे जीवन र जवानीको निर्णय हो, त्यसमा हामीलाई मतलब छैन। तर, यसरी गुमराहमा राख्ने काम हुनुहुँदैन।'

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077