Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

गृहमन्त्री गुरुङ लक्षित सूर्य थापाको टिप्पणी - फेवाताल अतिक्रमणकारी, अब खास हैसियत देखिने भयो

गृहमन्त्री गुरुङ लक्षित सूर्य थापाको टिप्पणी - फेवाताल अतिक्रमणकारी, अब खास हैसियत देखिने भयो

सोमवार , चैत्र २३, २०८२

काठमाडौं । नेकपा एमालेका नेता सूर्य थापाले गृहमन्त्री सुधन गुरुङ लक्षित कडा कटाक्ष गरेका छन् ।

सोमबार साँझ सामाजिक सञ्जालमार्फत थापाले गृहमन्त्री गुरुङको विगत र पछिल्लो फेवाताल जग्गा विवादलाई जोड्दै टिप्पणी गरेका हुन् ।

उनले गृहमन्त्री सुधन लक्षित संदिग्ध टिओबी सदस्यको अब खास हैसियत देखिने टिप्पणी गरे । उनले लेखेका छन्, ‘डान्सबारको पूर्व बाउन्सर, फेवातालको हुस्सु अतिक्रमणकारी, संदिग्ध टिओबी सदस्यको अब खास हैसियत देखिने भयो ।’ 

पछिल्लो समय पोखरास्थित फेवाताल क्षेत्रको जग्गा अतिक्रमण प्रकरणले राजनीतिक तरंग सिर्जना गरिरहेको छ। सोही विवादमा गृहमन्त्री गुरुङको नाम पनि जोडिएको छ ।

जग्गाधनी ओमबहादुर गुरुङका अनुसार गुरुङले करिब ६ वर्षअघि सिम्ले लामिडाँडामा रहेको जग्गा १५ वर्षका लागि वार्षिक २ लाख रुपैयाँ तिर्ने सहमतिमा भाडामा लिएका थिए । तर, एक वर्षको मात्र भाडा तिरेपछि रिसोर्ट निर्माण गरी सम्पर्कविहीन भएको दाबी गरिएको छ ।

यसैबीच, गृहमन्त्री गुरुङले उक्त भाडा नतिर्ने र आफू ठगिएको भन्दै कानुनी प्रक्रियामा जाने बताएका छन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077