काठमाडौं । नेकपा एमालेका नेता सूर्य थापाले भदौ २४ गते भएको आगजनी र बिध्वंसको घटनाबारे कडा अभिव्यक्ति दिएका छन् ।
उनले उक्त घटनाको निष्पक्ष छानबिन भए राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गम्भीर रूपमा कमजोर हुने दाबी गरेका छन् ।
सामाजिक सञ्जाल फेसबुकमार्फत थापाले जेनजी आन्दोलनको निष्पक्ष छानबिन भए रास्वपाका हालका १८२ सांसद संख्या घटेर १२० मा झर्ने बताए ।
उनले लेखेका छन् २०८२ भदौ २४ को लुट, आगजनी र बिध्वंसको निष्पक्ष छानविन गर्ने भने रास्वपाका सांसद १८२ बाट १२० मा झर्नेछन् ।
वर्तमान प्रधानमन्त्री बालेन्द्र शाह र गृहमन्त्री सुधन गुरुङसमेत अनुसन्धानको दायरामा आउने उनको दाबी छ । 'नयाँ प्रधानमन्त्री र गृहमन्त्री दुबै दोषीका रूपमा खोरमा पुग्नेछन्,' उनले लेखेका छन् ।