Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बालेन सरकारलाई कठपुतलीको संज्ञा दिँदै सूर्य थापाले भने - सबै ढाडेलाई भिरबाट फालिनेछ

बालेन सरकारलाई कठपुतलीको संज्ञा दिँदै सूर्य थापाले भने - सबै ढाडेलाई भिरबाट फालिनेछ

मंगलवार , चैत्र १७, २०८२

काठमाडौं । नेकपा एमालेका नेता सूर्य थापाले वर्तमान सरकारप्रति आक्रोश व्यक्त गरेका छन् ।

मंगलबार बिहान सामाजिक सञ्जालमार्फत उनले सरकारका गतिविधिलाई “कठपुतली सरकारका बचकना काम र फासिस्ट हर्कत” भनेर टिप्पणी गरेका हुन् ।

उनले सरकारका हरेक कदमलाई आफूहरूले नजिकबाट नियालिरहेको बताए । उनले चेतावनी दिँदै भनेका छन्, 'कठपुतली सरकारका बचकना काम र फासिस्ट हर्कतलाई एकदम नजिकबाट नियालिरहेका छौं। डोको सुरक्षित राख्नुहोला महाशय,जसमा यी सबै ढाडेलाई भिरबाट फालिने छ ।'

गौरीबहादुर कार्की नेतृत्वको जेनजी जाँचबुझ आयोगले कारबाहीका लागि सिफारिस गरेपछि शनिबार बिहान एमाले अध्यक्ष केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखक पक्राउ परेका थिए ।

आज भने काठमाडौंका तत्कालीन प्रमुख जिल्ला अधिकारी (सीडीओ) छवि रिजाल पक्राउ परेका छन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077