एजेन्सी । अमेरिका–इरानबीचको जारी द्वन्द्वले भारतको अन्तर्राष्ट्रिय उड्डयन क्षेत्रलाई गम्भीर रूपमा प्रभावित बनाएको छ ।
भारतको संघीय सरकारका अनुसार युद्ध सुरू भएदेखि जुलाई २० तारिखसम्म करिब २६ हजार उडानहरू प्रभावित भएका छन् ।
उडान मार्ग परिवर्तन गर्नुपर्दा र उडान अवधि लम्बिँदा सञ्चालन खर्च बढेको कारण भारतीय वायुसेवा कम्पनीहरूलाई ठूलो राजस्व घाटा भएको सरकारले जनाएको छ ।
यो जानकारी भारतीय संसद्को तल्लो सदन ९लोकसभा० मा संघीय उड्डयनमन्त्री मुरलीधर मोहोलले दिएका हुन् ।
उनले भने, 'मध्यपूर्वमा द्वन्द्वबाट उत्पन्न जोखिमलाई ध्यानमा राख्दै भारतको नागरिक उड्डयन नियामक निकायले यात्रु, चालक दल र विमानको सुरक्षाका लागि धेरै पटक सुझाव जारी गरेको छ ।'