Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

अमेरिकी हवाई आक्रमणपछि इरान थप आक्रामक

अमेरिकी हवाई आक्रमणपछि इरान थप आक्रामक

बिहिवार , श्रावण ७, २०८३

एजेन्सी । अमेरिका–इरान युद्ध सुरु भएको पाँच महिना बितिसक्दा पनि इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी) अझै प्रभावकारी सैन्य क्षमता कायम राख्न सफल भएको दाबी गरिएको छ ।

पछिल्लो पटक जोर्डनस्थित अमेरिकी सैन्य अड्डामाथि भएको इरानी आक्रमणमा तीन अमेरिकी सैनिक मारिएका थिए । 

गत शुक्रबार भएको उक्त आक्रमण मार्च १ यता पहिलो घटना हो, जसमा इरानी आक्रमणबाट अमेरिकी सैन्य अड्डामा तैनाथ अमेरिकी सैनिकको मृत्यु भएको छ। अमेरिका र इजरायलले मार्च १ मा इरानविरुद्ध सैन्य अभियान सुरु गरेको केही घण्टामै इरानले क्षेत्रका अमेरिकी सैन्य अड्डाहरूलाई लक्षित गर्दै प्रतिआक्रमण गरेको थियो।

यद्यपि अमेरिकी रक्षा मन्त्रालय (पेन्टागन) ले पछिल्लो आक्रमणको विस्तृत विवरण सार्वजनिक गरेको छैन। तर रक्षा तथा सुरक्षा विश्लेषकहरूले यो घटनाले अमेरिकी हवाई आक्रमणका बाबजुद पनि इरानको सैन्य शक्ति पूर्ण रूपमा कमजोर नभएको स्पष्ट संकेत दिएको बताएका छन्।

अमेरिकी थिंक ट्याङ्क डिफेन्स प्रायोरिटिजकी सैन्य विश्लेषण निर्देशक जेनिफर काभानाघका अनुसार इरानले अपेक्षा गरिएकोभन्दा छिटो आफ्नो सैन्य क्षमता पुनःनिर्माण गर्न सफल भएको छ।

उनले अल जजिरासँगको कुराकानीमा भनिन्, 'इरानको सैन्य क्षमता अझै पनि निकै बलियो छ। उसले अपेक्षा गरिएभन्दा छिटो आफ्नो क्षमता पुनःस्थापित गरेको देखिन्छ।'

काभानाघका अनुसार इरानका आक्रमणहरू समयसँगै अझ सटीक बन्दै गएका छन्। यसमा रुस र चीनबाट प्राप्त हुन सक्ने गुप्तचर तथा प्राविधिक सहयोगले भूमिका खेलेको हुन सक्ने उनको अनुमान छ।

उनले थपिन्, 'पेन्टागनले दाबी गरेजस्तो इरानी सेना युद्ध लड्न अक्षम भएको छैन। उसले ठूलो क्षति बेहोरे पनि अनुभवबाट सिक्दै आफ्नो रणनीति परिमार्जन गर्दै गएको छ।'

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077