Jul 18 2026 | २०८३, श्रावण २ गते

18 Jul 2026 | शनिवार, श्रावण २ गते २०८३

शनिवार, श्रावण २ गते २०८३
images
images

चार करोड ठगी आरोपमा श्रीमान्–श्रीमतीसहित छोरा पक्राउ

चार करोड ठगी आरोपमा श्रीमान्–श्रीमतीसहित छोरा पक्राउ

शनिवार , श्रावण २, २०८३

जनकपुरधाम । दृष्टिबन्धकमा राखिएको जग्गा बैंकमा धितो राखेर चार करोड रुपैयाँ ठगी गरेको आरोपमा धनुषा प्रहरीले एकै परिवारका तीन जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा जनकपुरधाम–१६ कपिलेश्वरका ५३ वर्षीय गोपाल साह, उनकी श्रीमती ४८ वर्षीया रेखा साह र ३२ वर्षीय छोरा हरेराम साह रहेका छन्।

उनीहरू अनुचित लेनदेन (मिटरब्याज) तथा ठगी मुद्दामा फरार रहेका थिए।

जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार गोपाललाई जनकपुरधामको एक होटलबाट, रेखालाई जटही सीमा नाकाबाट र हरेरामलाई काठमाडौंबाट पक्राउ गरिएको हो।

प्रहरीका अनुसार जनकपुरधाम–२ निवासी गोविन्दकुमार साहले व्यापारका लागि ९९ लाख रुपैयाँ ऋण लिँदा आफ्नो जग्गा दृष्टिबन्धकमा राखेका थिए।

आरोपितहरूले भने जग्गाधनीलाई जानकारी नदिई सोही जग्गा बैंकमा धितो राखेर करिब चार करोड रुपैयाँ ऋण निकालेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

प्रहरीले गोपाल साहको घरबाट ५० थान जग्गाधनी पुर्जा, १८ थान नागरिकता, एक ल्यापटप तथा विभिन्न छाप र नक्सा बरामद गरेको जनाएको छ। पक्राउ परेका तीनै जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077