Jul 18 2026 | २०८३, श्रावण २ गते

18 Jul 2026 | शनिवार, श्रावण २ गते २०८३

शनिवार, श्रावण २ गते २०८३
images
images

मालपानीलाई जोगाउँदा विष्णु पौडेलको मुद्दा बन्यो कमजोर, अदालतले पनि उठायो प्रश्न

मालपानीलाई जोगाउँदा विष्णु पौडेलको मुद्दा बन्यो कमजोर, अदालतले पनि उठायो प्रश्न

शनिवार , श्रावण २, २०८३

काठमाडौं । विवादास्पद व्यापारी कमलकिशोर मालपानीलाई जोगाउँदा एमाले उपाध्यक्ष विष्णु पौडेलविरुद्धको मुद्दा कमजोर बनेको छ। पौडेललाई बिशेष अदालतले साधरण तारेखमा छाड्न भनेको छ। 

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले श्रीराम टोबाको कम्पनीका सञ्चालक कमलकिशोर मालपानी र चुन्नुप्रसाद पौडेलको बयानको आधारमा पौडेललाई पक्राउ गरेको थियो ।

तर, कमलकिशोर र चुन्नुलाई साक्षी बनाएर जोगाएपछि समग्र मुद्दा नै कमजोर बनेको हो। यस विषयमा अदालतले समेत प्रश्न उठाएको छ। उनीहरू लाभग्राही हुँदा पनि मुद्दा नचलाईएको बिशेष अदालतको आदेशमा उल्लेख छ ।

आदेशमा भनिएको छ,‘श्रीराम टोवाको उद्योग प्रालिका सञ्चालकरशेयरधनीहरू चुन्नुप्रसाद शर्मा र कमलकिशोर मालपानीले अनुसन्धान अधिकारी समक्ष बयान गर्दा, श्रीराम टोवाको उद्योग प्रालिको तीन लाख ७५ हजार कित्ता शेयर दिपक भट्ट सञ्चालक रहेको इन्फिनिटी होल्डिङ्सको स्वामित्वमा रहेको हिमालयन एसेष्ट म्यानेजमेन्ट प्रालिका नाममा बिक्री गर्दा तथा हिमालयन रिइन्स्योरेन्स लिमिटेडको नाममा २० हजार कित्ता शेयर साफ्रन सिकी इन्भेष्टमेन्ट प्रालिको नाममा खरिद गर्दा यी प्रतिवादी विष्णु प्रसाद पौडेलले सहजीकरण गरेको भन्नेसम्म उल्लेख गरेको देखिएकोमा उक्त शेयरहरू खरिद बिक्रीबाट लाभाग्रही देखिएका सम्बद्ध कम्पनी तथा व्यक्ति उपर आरोपदाबी लिएको देखिंदैन ।’

मालपानी र चुन्नलाई सेटिङमै जोगाएको आशंकालाई अदालतको यो आदेशले पनि थप बलियो बनाएको छ । 
 मालपानी यसअघि नागरिकता लगायत विभिन्न प्रकरणमा मुछिएका व्यापारी हुन्।

उनको नागरिकताको विषयमा विभिन्न निकायमा उजुरी परेपनि छानविन हुन सकेको छैन । उनका बुबा बालकृष्ण मालपानी भारतीय हुन्। तर, कमलकिशोरले भने बंशजको आधारमा २०५४ सालमा सप्तरीबाट नागरिकता निकालेका थिए। पछि २०७१ मा रुपन्देहीबाट प्रतिलिपि लिएका थिए। 

सप्तरी जिल्लाको नागरिकताको प्रतिलिपि कसरी रुपन्देहीबाट लिन सफल भए भन्ने विषय पनि रहस्यमय छ। 
उनका कम्पनीहरू कर छली लगायत विषयमा पनि मुछिदै आएका छन्।

उनको अर्को  कम्पनी यशोधा फुड्समाथि कर छलीको आरोपमा अनुसन्धान भइरहेको छ । गत वर्ष उनको कम्पनी श्रीराम टोबाकोमा पनि बाणिज्य  विभागले छापा हानेर छानबिन थालेकोमा बिचौलिया भट्टमार्फत नै कारबाही रोकाएका थिए। 

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा विगतदेखि नै उनीविरुद्ध उजुरी पर्दै आएका थिए। तर, सत्ताको आडमा जोगिदै आएका मालपानीलाई यसपटक पनि विभागले जोगाएको छ । 

निर्वाचनमा गाडी सहयोग गरेर बालेनलाई पनि उनले प्रभावित पार्ने प्रयास गरेका थिए। तर, त्यो गाडी विवादास्पद व्यापारीको भएको थाहा पाएलगत्तै बालेनले प्रयोग गर्न छाडेका थिए।

बालेनको शासनमा पनि मालपानी जस्ता विवादास्पद व्यापारी जोगिएपछि सरकारको सुशासनमाथि प्रश्न उठेको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077