Jul 02 2026 | २०८३, आषाढ १८ गते

02 Jul 2026 | बिहिवार, आषाढ १८ गते २०८३

बिहिवार, आषाढ १८ गते २०८३
images
images

एमाले उपाध्यक्ष पौडेललाई थुनामुक्त गर्न सर्बोच्च अदालतद्वारा अस्वीकार, बन्दीप्रत्यक्षीकरण रिट खारेज

एमाले उपाध्यक्ष पौडेललाई थुनामुक्त गर्न सर्बोच्च अदालतद्वारा अस्वीकार, बन्दीप्रत्यक्षीकरण रिट खारेज

बिहिवार , आषाढ १८, २०८३

काठमाडौं । एमाले उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेललाई थुनामुक्त गर्न सर्वोच्च अदालतले अस्वीकार गरेको छ ।

सर्वोच्च अदालतले पौडेलको बन्दी प्रत्यक्षीकरणको रिट खारेज गरेसँगै पौडेल थुनामुक्त नहुने भएका हुन् । 

पूर्वअर्थमन्त्रीसमेत रहेका पौडेल सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा असार ८ गते पक्राउ परेका थिए। त्यसपछि विशेष अदालतले अनुसन्धानका लागि उनलाई सात दिन हिरासतमा राख्न अनुमति दिएको थियो। पछि फेरि पाँच दिन म्याद थप भएको छ । 

पौडेलको रिहाइको माग गर्दै उनकी पत्नी दोमाया पौडेलले बुधबार सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन्। तर अदालतले असार १० गते विपक्षीका नाममा कारण देखाऊ आदेश जारी गरेको थियो । 

आज सर्वोच्चका न्यायाधीशद्वय विनोद शर्मा र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले दोमाया पौडेलको रिट खारेज गरेको हो । 

 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077