Jul 02 2026 | २०८३, आषाढ १८ गते

02 Jul 2026 | बिहिवार, आषाढ १८ गते २०८३

बिहिवार, आषाढ १८ गते २०८३
images
images

अझै भेटिएन बिहान कर्णालीमा खसेको यात्रुवाहक फोर्स गाडी, खोजी गर्न सशस्त्रको गोताखोर परिचालन

अझै भेटिएन बिहान कर्णालीमा खसेको यात्रुवाहक फोर्स गाडी, खोजी गर्न सशस्त्रको गोताखोर परिचालन

'नामथर र वतन नखुलेको भिरमा अड्केका् एक जना पुरुषको शव मात्रै निकालियो'

बिहिवार , आषाढ १८, २०८३

दैलेख । कर्णाली राजमार्गको दैलेख सडकखण्डमा दुर्घटनाग्रस्त यात्रुवाहक फोर्स गाडी कर्णाली नदीमा डुब्दा उद्धार कार्यमा कठिनाइ भएको छ ।

नदीमा जलसतह बढेको र गाडी नदेखिने गरी डुबेकाले उद्धार कार्यमा कठिनाइ भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।

आज बिहान ११ः३० बजेको समयमा सुर्खेतबाट कालीकोटतर्फ जाँदै गरेको कप्र ०२–००१ ख १०५५ नम्बरको फोर्स गाडी चामुण्डाबिन्द्रासैनी नगरपालिका९७ दैलेखको साङ्गेतडास्थित दुर्घटनाग्रस्त भई कर्णाली नदीमा खसेको थियो ।

सडकबाट ५०० मिटर तल खसेको बुलबुले यातायातको उक्त फोर्स गाडीमा १४ जना यात्रु सवार थिए ।

जसमध्ये नामथर र वतन नखुलेको भिरमा अड्केको एक जना पुरुषको शव मात्रै निकालिएको छ ।

खबर पाउनासाथै उद्धारका लागि सशस्त्र प्रहरी बल नेपाल गुल्म दैलेख, माथिल्लो कर्णाली जलविद्युत आयोजना सुरक्षा बेस र प्रहरी चौकी पाल्तडाबाट उद्धार टोली खटिएको थियो ।

तर गाडी नदीमा डुबेका कारण अहिलेसम्म फेला पर्न नसकेकाले उद्धार कार्यमा कठिनाइ भएको हो ।

अहिले कर्णालीमा डुबेको गाडी र यात्रुहरुको खोजीका लागि सशस्त्र प्रहरी बल, नेपाल नं। ६ महेश्वरी बाहिनी मुख्यालय सुर्खेतबाट ६ जना गोताखोर सहितको थप टोली परिचालन गरिएको सशस्त्र प्रहरी बलका सहायक प्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए ।

 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077