Jul 02 2026 | २०८३, आषाढ १८ गते

02 Jul 2026 | बिहिवार, आषाढ १८ गते २०८३

बिहिवार, आषाढ १८ गते २०८३
images
images

८.७८ अंकले बढेको नेप्सेमा चार अर्बबढीको कारोबार

८.७८ अंकले बढेको नेप्सेमा चार अर्बबढीको कारोबार

बिहिवार , आषाढ १८, २०८३

काठमाडौं।  दिनभर उतारचढाव रहेको नेप्से आज पनि अन्तत: ८.७८ अंकले बढेको छ । 

नेप्से अघिल्लो साता पूरै पाँच कारोबार दिन घटेको थियो। बुधबार नेप्से ४४.५९ अंकले बढेको थियो। मंगलबार २४.६३ अंकले घटेको थियो भने सोमबार पनि १६.५४ अंकले घटेको थियो।

अघिल्लो कारोबार दिनको तुलनामा आज ०.३३ प्रतिशतले बढ्दै नेप्से २६६१.७१ विन्दुमा रोकिएको हो।

नेप्सेको कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा बढेको छ।

नेप्सेमा आज ३५९ कम्पनीको ४३ हजार १३१ पटकको कारोबारमा ८९ लाख ६४ हजार २२३ कित्ता सेयर किनबेच भए। जसअनुसार बिहीबार चार अर्ब ११ करोड ७७ लाख ८५ हजार ७०० रुपैयाँको कारोबार भयो। बुधबार भने तीन अर्ब ८५ करोड ६७ लाख पाँच हजार ८५० रुपैयाँको कारोबार भएको थियो। यस्तै मंगलबार तीन अर्ब २५ करोड ८७ लाख ५८ हजार १४ रुपैयाँको कारोबार भएको थियो भने सोमबार दुई अर्ब ६७ करोड १८ लाख ३२ हजार ९६५ रुपैयाँको कारोबार भएको थियो।

नेप्सेमा आज १०८ कम्पनीका सेयरमूल्य बढे। १५२ कम्पनीका सेयरमूल्य ओरालो लाग्दा १३ कम्पनीका सेयरमूल्य स्थिर रहे। नेप्सेमा आज १३ समूहको कारोबार भएकामा पाँच समूहका सूचक बढ्दा बाँकी आठ समूहका सूचक घटे।

जसअनुसार नेप्सेमा वाणिज्य बैंक समूहको सूचक २.०४ प्रतिशतले बढ्यो। विकास बैंक समूहको सूचक ०.११ प्रतिशतले घट्दा फाइनान्स समूहको सूचक ०.२८ प्रतिशतले बढ्यो।

यस्तै होटेल तथा पर्यटन ०.१३‚ जलविद्युत् ०.२६ र लगानी समूहको सूचक ०.०३ प्रतिशतले घट्दा जीवन बिमा समूहको सूचक भने ०.१६ प्रतिशतले बढ्यो। उत्पादन तथा प्रशोधन समूहको सूचक ०.८६ प्रतिशतले घट्दा लघुवित्त ०.०५ र म्युचुअल फन्ड समूहको सूचक ०.०६ प्रतिशतले उकालो लागे।

यसैगरी निर्जीवन बिमा ०.३४‚ अन्य ०.२० र व्यापार समूहको उपसूचक ०.५० प्रतिशले घट्यो।

अपर लोहोरेखोला हाइड्रोपावर कम्पनी लिमिटेड र कालंगा हाइड्रोपावर कम्पनी लिमिटेडका लगानीकर्तालेभने १५ प्रतिशतले आम्दानी गरे। अर्थात् अपर लोहोरे खोला र कालंगाको सेयरमूल्यमा सकारात्मक सर्किट लाग्यो। एनआईसी एसियाको डिबेन्चरका लगानीकर्ताले १०.६० प्रतिशतले सेयरमूल्य गुमाए।

कारोबार रकमका आधारमा आज लक्ष्मी सनराइज बैंक लिमिटेड अग्रस्थानमा रह्यो। बिहीबार यसको ४१ करोड ३२ लाख २४ हजार ६६१ रुपैयाँको कारोबार भयो।

त्यस्तै कारोबार भएका सेयर संख्याका आधारमा आज लक्ष्मी सनराइज बैंक लिमिटेड नै अगाडि रह्यो। बिहीबार यसको १९ लाख १७ हजार ५७० कित्ता सेयर कारोबार भयो। यसको आज अन्तिम कारोबार मूल्य प्रतिकित्ता २२२ रुपैयाँ कायम रह्यो। 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077