Jul 01 2026 | २०८३, आषाढ १७ गते

01 Jul 2026 | बुधवार, आषाढ १७ गते २०८३

बुधवार, आषाढ १७ गते २०८३
images
images

निरन्तर ओरालो लागेको नेप्से आज एकैदिन ४४.५९ अंकले बढ्यो

निरन्तर ओरालो लागेको नेप्से आज एकैदिन ४४.५९ अंकले बढ्यो

'नेप्सेको कारोबार रकम पनि बढ्यो'

बुधवार , आषाढ १७, २०८३

काठमाडौं। निरन्तर ओरालो यात्रामा रहेको नेपाल स्टक एक्सचेन्ज नेप्से आज उकालो लागेको छ। 

आज दिनभर उतारचढाव रहेको नेप्से अंतिममा ४४.५९ अंकले बढेको हो। 

नेप्से अघिल्लो साता पूरै पाँच कारोबार दिन घटेको थियो। मंगलबार नेप्से २४.६३ अंकले घटेको थियो भने सोमबार पनि १६.५४ अंकले घटेको थियो। अघिल्लो कारोबार दिनको तुलनामा आज १।७० प्रतिशतले बढ्दै नेप्से २६५२.९३ विन्दुमा रोकिएको छ।

अघिल्लो दिनको तुलनामा नेप्सेको कारोबार रकम पनि बढेको छ।

नेप्सेमा आज ३६२ कम्पनीको ५६ हजार ७६९ पटकको कारोबारमा ९५ लाख ३९ हजार ११८ कित्ता सेयर किनबेच भए। जसअनुसार बुधबार तीन अर्ब ८५ करोड ६७ लाख पाँच हजार ८५० रुपैयाँको कारोबार भयो। मंगलबार तीन अर्ब २५ करोड ८७ लाख ५८ हजार १४ रुपैयाँको कारोबार भएको थियो भने सोमबार दुई अर्ब ६७ करोड १८ लाख ३२ हजार ९६५ रुपैयाँको कारोबार भएको थियो।

आज २५२ कम्पनीका सेयरमूल्य बढे। १७ कम्पनीका सेयरमूल्य ओरालो लाग्दा ६ कम्पनीका सेयरमूल्य स्थिर रहे। नेप्सेमा आज ९बुधबार० १३ समूहको कारोबार भएकामा सबै समूहका सूचक हरियाली बने।

हरियाली बनेको नेप्सेमा वाणिज्य बैंक १.१४‚ विकास बैंक १.१५‚ फाइनान्स १.४९‚ होटेल तथा पर्यटन १.६६‚ जलविद्युत् २.४२‚ लगानी १.६५‚ जीवन बिमा १.४८‚ उत्पादन तथा प्रशोधन २.३४ र लघुवित्त समूहको सूचक १.११ प्रतिशतले उकालो लागे। यस्तै म्युचुअल फन्ड ०.५५‚ निर्जीवन बिमा २.०३‚ अन्य १.७६ र व्यापार समूहको उपसूचक २.६० प्रतिशले बढ्यो।

 स्नो रिभर्स लिमिटेडका लगानीकर्ताले १४.९९ प्रतिशतले आम्दानी गरे। कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडका लगानीकर्ताले भने ५.२१ प्रतिशतले सेयरमूल्य गुमाए।

कारोबार रकमका आधारमा आज लक्ष्मी सनराइज बैंक लिमिटेड अग्रस्थानमा रह्यो। बुधबार यसको २८ करोड ८४ लाख २७ हजार १३३ रुपैयाँको कारोबार भयो।

त्यस्तै कारोबार भएका सेयर संख्याका आधारमा आज लक्ष्मी सनराइज बैंक लिमिटेड अगाडि रह्यो। यसको १३ लाख ४५ हजार ११२ कित्ता सेयर कारोबार भयो। यसको आज अन्तिम कारोबार मूल्य प्रतिकित्ता २१९ रुपैयाँ कायम रह्यो। 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077