Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

कारोबारसँगै २.६६ अंकले बढ्यो नेप्से

कारोबारसँगै २.६६ अंकले बढ्यो नेप्से

बुधवार , जेठ २०, २०८३

काठमाडौं। नेपाल स्टक एक्सचेन्ज (नेप्से) आज २.६६ अंकले बढेको छ। अघिल्लो कारोबार दिनको तुलनामा आज ०.०९ प्रतिशतले बढेको नेप्से २७८०.२५ विन्दुमा रोकिएको हो।

नेप्सेसँगै कारोबार रकम पनि बढेको छ। नेप्सेमा बुधबार ३४७ कम्पनीको ६२ हजार १४८ पटकको कारोबारमा एक करोड ३५ लाख २१ हजार ६१९ कित्ता सेयर किनबेच भए। जसअनुसार बुधबार पाँच अर्ब ७३ करोड ८१ लाख ७८ हजार १६५ रुपैयाँको कारोबार भयो।

नेप्सेमा मंगलबार पाँच अर्ब २६ करोड ५३ लाख ७५ हजार २९९ रुपैयाँको कारोबार भएको थियो ।

नेप्सेमा आज १४९ कम्पनीका सेयरमूल्य बढे। ११६ कम्पनीका सेयरमूल्य ओरालो लाग्दा ६ कम्पनीका सेयरमूल्य स्थिर रहे। १३ समूहका कारोबार भएकामा सात समूहका सूचक बढ्दा बाँकी ६ समूहका सूचक ओरालो लागे।

जसअनुसार वाणिज्य बैंक समूहको सूचक ०.१३ प्रतिशतले घट्यो‚ विकास बैंक समूह ०.६६ प्रतिशतले बढ्दा फाइनान्स समूहको सूचक १.१६ प्रतिशतले घट्यो।

यसैगरी होटेल तथा पर्यटन समूह ०.१८ प्रतिशतले बढ्दा जलविद्युत् ०.११ र लगानी समूहको सूचक ०.२० प्रतिशतले घट्यो।

यस्तै जीवन बिमा १.७३‚ उत्पादन तथा प्रशोधन ०.४२‚ लघुवित्त ०.४५‚ म्युचुअल फन्ड ०.०१ र निर्जीवन बिमा समूहको सूचक ३.३७ प्रतिशतले बढ्यो। यसैगरी अन्य २.३६ र व्यापार समूहको उपसूचक ०.२४ प्रतिशले बढ्यो।
 
कालिन्चोक हाइड्रोपावर लिमिटेडका लगानीकर्ताले १४.९९ प्रतिशतले आम्दानी गर्दा नेपाल रिइन्स्योरेन्स कम्पनी लिमिटेडका लगानीकर्ताले ५.१८ प्रतिशतले सेयरमूल्य गुमाए।

कारोबार रकमका आधारमा आज पनि आँखुखोला जलविद्युत् कम्पनी लिमिटेड अग्रस्थानमा रह्यो। जसमा ४४ करोड २३ लाख सात हजार २७९ रुपैयाँको कारोबार भयो।

त्यस्तै कारोबार भएका सेयर संख्याका आधारमा पनि आज आँखुखोला नै अगाडि रह्यो। बुधबार यसको नौ लाख ८८ हजार १७७ रुपैयाँको सेयर किनबेच भयो। यसको आज अन्तिम कारोबार मूल्य भने प्रतिकित्ता ४४० रुपैयाँ कायम रह्यो। 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077