काठमाडौं। नेपाल स्टक एक्सचेन्ज आज नेप्से ७.५० अंकले बढेको छ।
अघिल्लो कारोबार दिनको तुलनामा आज ०.२८ प्रतिशतले बढ्दै नेप्से २५९७.८० विन्दुमा रोकिएको हो।
नेप्सेमा आज ३७१ कम्पनीको ३९ हजार ५९५ पटकको कारोबारमा ९४ लाख ६९ हजार ९९ कित्ता सेयर किनबेच भए।
जसअनुसार चार अर्ब ५६ करोड २९ लाख ५० हजार ७०० रुपैयाँको कारोबार भयो।
नेप्सेमा आज १२१ कम्पनीका सेयरमूल्य बढे। १५१ कम्पनीका सेयरमूल्य ओरालो लाग्दा तीन कम्पनीका सेयरमूल्य स्थिर रहे। नेप्सेमा आज ९बिहीबार० १३ समूहको कारोबार भएकामा नौ समूहका सूचक बढ्दा चार समूहका सूचक घटे।
जसअनुसार वाणिज्य बैंक ०.६२ र विकास बैंक समूहको सूचक ०.०८ प्रतिशतले बढ्यो। फाइनान्स ०.६६‚ होटेल तथा पर्यटन ०.०९ र जलविद्युत् ०.३४ प्रतिशतले घटे।
यस्तै लगानी ०।१२ र जीवन बिमा समूहको सूचक ०.२५ प्रतिशतले बढ्दा उत्पादन तथा प्रशोधन समूहको सूचक ०.११ प्रतिशतले घट्यो।
यसैगरी लघुवित्त १.२३‚ म्युचुअल फन्ड १.६६‚ निर्जीवन बिमा १.११‚ अन्य ०.३१ र व्यापार समूहको उपसूचक ०.३२ प्रतिशतले बढ्यो।
नेप्सेमा आज एनआईबीएल ग्रोथ फन्ड (म्युचुअल फन्ड)का लगानीकर्ताले १४.९६ प्रतिशतले आम्दानी गरे। यस्तै कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडका लगानीकर्ताले ८.७७ प्रतिशतले सेयरमूल्य गुमाए।
कारोबार रकमका आधारमा भने सिंगटी हाइड्रो इनर्जी लिमिटेड अग्रस्थानमा रह्यो। बिहीबार यसको २४ करोड ७४ लाख २९ हजार २९३ रुपैयाँको कारोबार भयो।
त्यस्तै कारोबार भएका सेयर संख्याका आधारमा आज सिंगटी नै अगाडि रह्यो। बिहीबार यसको आठ लाख २१ हजार ८७३ कित्ता सेयर कारोबार भयो। यसको आज अन्तिम कारोबार मूल्य प्रतिकित्ता ३०३ रुपैयाँ कायम रह्यो। र