Jul 17 2026 | २०८३, श्रावण १ गते

17 Jul 2026 | शुक्रवार, श्रावण १ गते २०८३

शुक्रवार, श्रावण १ गते २०८३
images
images

साउनका लागि नयाँ ब्याजदर सार्वजनिक, नबिल–प्रभुमा सबैभन्दा बढी (सूचीसहित)

साउनका लागि नयाँ ब्याजदर सार्वजनिक, नबिल–प्रभुमा सबैभन्दा बढी (सूचीसहित)

बिहिवार , आषाढ ३२, २०८३

काठमाडौं । वाणिज्य बैंकहरूले २०८३ साल साउन महिनाका लागि नयाँ निक्षेप ब्याजदर सार्वजनिक गरेका छन्। नयाँ दरअनुसार बैंकहरूको ब्याजदर घट्ने क्रम साउनमा पनि जारी रहेको छ।

२० वाणिज्य बैंकमध्ये ८ बैंकले ब्याजदर घटाएका छन् भने १२ बैंकले अघिल्लो महिनाकै दरलाई निरन्तरता दिएका छन्।

सबैभन्दा धेरै ब्याजदर राष्ट्रिय वाणिज्य बैंकले घटाएको छ। बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा ०.७५ प्रतिशत र संस्थागततर्फ १ प्रतिशतले ब्याजदर कटौती गरेको हो। यस्तै ग्लोबल आइएमई, एनएमबी, सिटिजन्स, कृषि विकास, कुमारी र स्ट्यान्डर्ड चार्टर्ड बैंकले पनि ब्याजदरमा कमी गरेका छन्।

यद्यपि नबिल, प्रभु, नेपाल इन्भेष्टमेन्ट मेगा, सानिमा, माछापुच्छ्रे, नेपाल एसबीआई, एभरेष्ट, सिद्धार्थ, हिमालयन, लक्ष्मी सनराइज, एनआईसी एसिया र प्राइम कमर्सियल बैंकले असारकै ब्याजदरलाई साउनमा पनि कायम राखेका छन्।

यसबीच नेपाल बैंकले भने संस्थागत मुद्दती निक्षेपको अधिकतम ब्याजदर ३ प्रतिशतबाट बढाएर ४ प्रतिशत पुर्‍याएको छ। यद्यपि व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर भने ४.२५ प्रतिशतमै स्थिर राखिएको छ।

नयाँ दरअनुसार व्यक्तिगत मुद्दती निक्षेपमा सबैभन्दा बढी ४.५५ प्रतिशत ब्याजदर नबिल र प्रभु बैंकले तोकेका छन्। कुमारी र स्ट्यान्डर्ड चार्टर्ड बैंकले भने व्यक्तिगततर्फ सबैभन्दा कम ३.८५ प्रतिशत ब्याजदर कायम गरेका छन्।

संस्थागत मुद्दती निक्षेपमा नेपाल बैंकले सबैभन्दा बढी ४ प्रतिशत ब्याजदर तोकेको छ। प्रभु, कृषि विकास, नेपाल एसबीआई, प्राइम कमर्सियल, ग्लोबल आइएमई र स्ट्यान्डर्ड चार्टर्ड बैंकले भने २.७५ प्रतिशत ब्याजदर कायम गरेका छन्।

4.jpg

 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077