Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

जेठका लागि वाणिज्य बैंकहरूले सार्वजनिक गरे नयाँ ब्याजदर, कुनको कति ?

जेठका लागि वाणिज्य बैंकहरूले सार्वजनिक गरे नयाँ ब्याजदर, कुनको कति ?

बिहिवार , बैशाख ३१, २०८३

काठमाडौं । जेठ महिनाका वाणिज्य बैंकहरूले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । 

वैशाखको तुलनामा केही वाणिज्य बैंकहरुको औषत ब्याजदर घटेको छ भने अधिकांश बैंकहरूले ब्याजदर स्थिर राखेका छन् ।

बैंकहरुले सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर औषतमा ४.३४ प्रतिशत विन्दुमा झरेको छ । जबकी यस्तो ब्याजदर वैशाख महिनामा ४.४ प्रतिशत विन्दुमा थियो ।

संस्थागत मुद्दती निक्षेपको ब्याजदर पनि घटेको छ । वैशाखमा ३.२२ प्रतिशत रहेको यस्तो ब्याजदर जेठमा ३.२० प्रतिशत कायम भएको हो ।

बैंकहरूले प्रकाशन गरेको ब्याजदर तालिका अनुसार यो महिनामा ६ बैंकले ब्याजदर घटाउँदा २ बैंकले सामान्य बढाएका छन् भने १२ बैंकको ब्याजदर स्थिर रहेको छ ।

प्रकाशित तालिका अनुसार एनएमबि बैंकले ०.२ प्रतिशत, एनआईसी एसिया बैंकले व्यक्तिगत र संस्थागत दुवैतर्फ ०.२५ प्रतिशत, हिमालयन बैंकतर्फ ०.२५ प्रतिशत, नेपाल बैंकतर्फ ०.२५ प्रतिशत, स्ट्यान्डर्ड चार्टर्डतर्फ ०.१ प्रतिशत र कुमारी बैंकलेव्यक्तिगततर्फ ०.०९ र संस्थागततर्फ ०.४९ प्रतिशत ब्याजदर घटाएका छन् ।

यता सिद्धार्थ बैंकले व्यक्तिगततर्फ ०.०५ प्रतिशत विन्दुले बढाउँदा संस्थागततर्फ स्थिर राखेको छ । सिटिजन्स बैंकले संस्थागततर्फ ०.५ प्रतिशत विन्दुले बढाउँदा व्यक्तिगततर्फ ०.०५ प्रतिशत बिन्दुले घटाएको छ ।

अन्य बाँकी वाणिज्य बैंकले वैशाखकै ब्याजदरलाई निरन्तरता दिएका छन् । यसरी ब्याजदर परिवर्तन नगर्ने बैंकहरूमा राष्ट्रिय वाणिज्य बैंक, नबिल बैंक, प्रभु बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, सानिमा बैंक, लक्ष्मी सनराइज बैंक, ग्लोबल आइएमई बैंक, माछापुच्छ्रे बैंक, नेपाल एसबिआई बैंक, कृषि विकास बैंक, प्राइम कमर्सियल बैंक र एभरेष्ट बैंक रहेका छन् ।

5.jpg

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077