Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

३८.१९ अंकले बढ्यो नेप्से, साढे चार अर्बको कारोबार

३८.१९ अंकले बढ्यो नेप्से, साढे चार अर्बको कारोबार

सोमवार , बैशाख २८, २०८३

काठमाडौं। सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) ३८.१९ अंकले बढेको छ।

अघिल्लो कारोबार दिनको तुलनामा १.३९ प्रतिशतले बढेको नेप्से २७८३.८५ विन्दुमा अडिएको हो। 

नेप्से सोमबार ३३२ कम्पनीको ६८ हजार ४४४ पटकको कारोबारमा एक करोड चार लाख ३९ हजार ४३२ कित्ता सेयर किनबेच भए। जसअनुसार सोमबार चार अर्ब ६१ करोड ३५ लाख ६३ हजार ६३५ रुपैयाँको कारोबार भयो।

सेयर बजारमा आज २४७ कम्पनीका सेयरमूल्य बढे। १८ कम्पनीका सेयरमूल्य ओरालो लाग्दा चार कम्पनीका सेयरमूल्य स्थिर रहे। नेप्सेमा आज १३ समूहका कारोबार भएकामा सबै समूहका उपसूचक बढेर हरियाली छाएको छ।

जसअनुसार वाणिज्य बैंक समूहको सूचक १.०२‚ विकास बैंक १.२६‚ फाइनान्स १.८१‚ होटेल तथा पर्यटन ०.६९‚ जलविद्युत् १.७९‚ लगानी १.२५‚ जीवन बिमा ०.९९ र उत्पादन तथा प्रशोधन समूहको उपसूचक १.३० प्रतिशतले बढ्यो।

यसैगरी लघुवित्त १.७०‚ म्युचुअल फन्ड ०.०६‚ निर्जीवन बिमा १.६०‚ अन्य २.११ र व्यापार समूहको उपसूचक १.१५ प्रतिशतले उकालो लाग्यो।

नेप्सेमा आज फर्स्ट माइक्रोफाइन्स लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले १४.१९ प्रतिशतले आम्दानी गरे। यसैगरी त्रिशूली जलविद्युत् कम्पनी लिमिटेडका लगानीकर्ताले २.८७ प्रतिशतले सेयरमूल्य गुमाए।

कारोबार रकमका आधारमा रिलायन्स स्पिनिङ मिल्स लिमिटेड अग्रस्थानमा रह्यो। आज रिलायन्सको २१ करोड ११ लाख १९ हजार ४८८ रुपैयाँको कारोबार भयो।

त्यस्तै कारोबार भएका सेयर संख्याका आधारमा नेसनल हाइड्रोपावर कम्पनी लिमिटेड अगाडि रह्यो। सोमबार यसको पाँच लाख ९८ हजार १३ कित्ता सेयर किनबेच भयो। यसको अन्तिम कारोबार मूल्य भने प्रतिकित्ता २९६ रुपैयाँ कायम रह्यो। 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077