Jul 01 2026 | २०८३, आषाढ १७ गते

01 Jul 2026 | बुधवार, आषाढ १७ गते २०८३

बुधवार, आषाढ १७ गते २०८३
images
images

आन्तरिक उडानको हवाई भाडा घट्यो, अब कहाँ पुग्न कति भाडा ?

आन्तरिक उडानको हवाई भाडा घट्यो, अब कहाँ पुग्न कति भाडा ?

बुधवार , आषाढ १७, २०८३

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई इन्धनको मूल्य घटेसँगै आन्तरिक उडानको हवाई भाडामा समायोजन गरेको छ । इन्धन शुल्क (फ्यूल सरचार्ज) घटाउँदै नयाँ दर बुधबारदेखि लागू गरिएको प्राधिकरणले जनाएको छ।

प्राधिकरणले सबै आन्तरिक वायुसेवा कम्पनीलाई परिपत्र गर्दै नयाँ फ्यूल सरचार्ज कार्यान्वयन गर्न निर्देशन दिएको छ। नेपाल आयल निगमले आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर ४० रुपैयाँले घटाएपछि सोहीअनुसार भाडा समायोजन गरिएको हो।

नयाँ व्यवस्थाअनुसार विभिन्न गन्तव्यमा फ्यूल सरचार्ज अधिकतम २ हजार ३३५ रुपैयाँसम्म घटेको छ।

नेपालगन्ज–भद्रपुर रुटमा यसअघि १५ हजार ७२५ रुपैयाँ रहेको फ्यूल सरचार्ज अब १३ हजार ३९० रुपैयाँ कायम गरिएको छ।

त्यस्तै, काठमाडौं–धनगढी रुटमा ११ हजार ८८५ रुपैयाँबाट घटाएर १० हजार १२० रुपैयाँ तथा काठमाडौं–सुर्खेत रुटमा ९ हजार २९५ रुपैयाँबाट घटाएर ७ हजार ९१५ रुपैयाँ कायम गरिएको छ।

यस्तै, काठमाडौं–माउन्टेन फ्लाइटको फ्यूल सरचार्ज पनि ९ हजार २३५ रुपैयाँबाट घटाएर ७ हजार ८६० रुपैयाँ निर्धारण गरिएको प्राधिकरणले जनाएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077