Jul 27 2026 | २०८३, श्रावण ११ गते

27 Jul 2026 | सोमवार, श्रावण ११ गते २०८३

सोमवार, श्रावण ११ गते २०८३
images
images

इन्धनको मूल्य घटेपछि आन्तरिक हवाई भाडा घट्यो, कहाँ जाँदा कति तिर्नुपर्छ ?

इन्धनको मूल्य घटेपछि आन्तरिक हवाई भाडा घट्यो, कहाँ जाँदा कति तिर्नुपर्छ ?

शुक्रवार , पौष १८, २०८२

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक उडानमा न्यूनतम हवाई भाडा घटाएको छ।नेपाल आयल निगमले हवाई इन्धनको मूल्य घटाएसँगै न्यूनतम हवाई भाडा पनि घटेको हो।

आयल निगमले यही पुस १६ गते हवाई इन्धनको साबिक मूल्यमा प्रतिलिटर ६ रुपैयाँ घटाएको थियो।

यसअघि प्रतिलिटर १३४ रुपैयाँ रहेको इन्धनको मूल्य ९फ्युल सर्चाज० १२८ रुपैयाँ कायम गरी शुक्रबारदेखि लागू हुने सोही आधारमा भाडा घटाइएको हो।नयाँ व्यवस्थाअनुसार फ्युल सरचार्ज प्रतिसिट प्रतिमिनेट शुल्क ६८।०९ रुपैयाँ राखेको छ।

प्राधिकरणले राजधानी काठमाडौंबाट टाढा रहेको धनगढीको भाडामा २६५ र छोटो दूरीमा रहेको सिमराको भाडा ५५ रुपैयाँले घटाएको छ।

यस्तै माउन्टेन फ्लाइटमा २१०, भद्रपुरमा १८०, विराटनगरमा १४०, जनकपुरमा ७५, भरतपुरमा ६५, पोखरामा ९५, नेपालगन्जमा १९५, भैरहवामा १२५, तुम्लिङटारमा ११०, सुर्खेतमा २१० र राजविराजमा १२५ रुपैयाँ न्युनतम भाडा घटाएको छ।

 

 

 

 

 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077