Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

ब्याज मिनाहाको माग गर्दै काठमाडौंमा लघुवित्त पीडितको 'राजधानी मार्च'

ब्याज मिनाहाको माग गर्दै काठमाडौंमा लघुवित्त पीडितको 'राजधानी मार्च'

आइतवार , श्रावण १०, २०८३

काठमाडौं । देशभरका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडित किसानहरूले आफ्ना माग तत्काल सम्बोधन गर्न दबाब दिँदै काठमाडौंमा ‘राजधानी मार्च’ गरेका छन्।

लघुवित्तबाट लिएको कर्जा खारेज गर्नुपर्ने, ब्याज र जरिबाना मिनाहा गर्नुपर्ने तथा पीडित परिवारलाई राहत उपलब्ध गराउनुपर्ने माग राख्दै लघुवित्त पीडितहरू आइतबार काठमाडौंमा आन्दोलनमा उत्रिएका हुन् ।

बल्खुबाट सुरु भएको मार्च भद्रकाली पुगेर कोणसभामा परिणत भएको थियो। 

आन्दोलनमा काखे शिशु बोकेका आमा, ज्येष्ठ नागरिक, स्वास्थ्य समस्याबाट ग्रस्त व्यक्तिसहित विभिन्न जिल्लाबाट आएका पीडितहरूको उल्लेख्य सहभागिता रहेको थियो। 

dd.jpg

प्रदर्शनमा सहभागीहरूले लघुवित्तका कारण आफूहरू आर्थिक तथा सामाजिक रूपमा पीडित बनेको भन्दै सरकारसँग समस्या समाधानका लागि ठोस पहल गर्न माग गरेका छन्।

साथै सहभागीहरूले आफ्ना समस्या राज्यका सम्बन्धित निकायसम्म पुर्‍याउन र माग पूरा नभएसम्म आन्दोलनलाई निरन्तरता दिने चेतावनी पनि दिएका छन्।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077