Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

हेटौँडा यातायात कार्यालय नजिक रक्ताम्य अवस्थामा पुरुष मृत फेला, सँगै रहेकी महिला फरार

हेटौँडा यातायात कार्यालय नजिक रक्ताम्य अवस्थामा पुरुष मृत फेला, सँगै रहेकी महिला फरार

आइतवार , श्रावण १०, २०८३

हेटौँडा । मकवानपुरको हेटौँडा उपमहानगरपालिका–११ थानाभर्‍याङस्थित यातायात व्यवस्था कार्यालय नजिक एक पुरुष मृत अवस्थामा फेला परेका छन् ।

घटनाको जानकारी पाएलगत्तै जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक (एसपी) श्यामबहादुर खत्री घटनास्थल पुगेर अनुसन्धानको नेतृत्व गरिरहेका छन्।

अनुसन्धानका क्रममा मृतक मकवानपुरको साविक चित्लाङ गाविस–६, हाल थाहा नगरपालिका–१० का ४१ वर्षीय आश्मान गोपाली रहेको खुलेको छ । 

घटनास्थलमा रगत फेला परेको र मृतकसँगै रहेकी एक महिला घटनापछि सम्पर्कविहीन भएकाले प्रहरीले उनको खोजीलाई तीव्र बनाएको छ।

प्रहरीले घटनास्थललाई सुरक्षा घेराभित्र राखी प्रमाण संकलन, प्रत्यक्षदर्शीहरूसँग सोधपुछ तथा अन्य प्राविधिक अनुसन्धान तीव्र रूपमा अघि बढाएको छ। अनुसन्धानका लागि जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरका इन्स्पेक्टर राजु बिष्ट पनि टोलीसहित खटिएका छन्।

यसैगरी हेटौँडा–११ की वडा अध्यक्षले घटनास्थलमा पुगेर मृतकका आफन्तहरूसँग आवश्यक समन्वय र सहयोग गरिरहेकी छन्।

यसैबीच आज बिहान करिव साढे ८ बजे बागमती प्रदेश प्रहरी कार्यालयको केनाइन शाखाबाट कुकुरसहितको टोली घटनास्थलमा पुगेर अनुसन्धानमा सहयोग गरिरहेको छ ।

घटनाको कारण खुल्न बाँकी रहेको र घटनाबारे थप अनुसन्धान जारी रहेको मकवानपुर प्रहरीले जनाएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077