Jul 25 2026 | २०८३, श्रावण ९ गते

25 Jul 2026 | शनिवार, श्रावण ९ गते २०८३

शनिवार, श्रावण ९ गते २०८३
images
images

तारकेश्वरमा कारभित्र जलेको अवस्थामा सानिमा क्यापिटलकी मर्चेन्ट हेड मृत फेला

तारकेश्वरमा कारभित्र जलेको अवस्थामा सानिमा क्यापिटलकी मर्चेन्ट हेड मृत फेला

शनिवार , श्रावण ९, २०८३

काठमाडौं । काठमाडौँको तारकेश्वर नगरपालिकामा एक महिलाको कारभित्र जलेको अवस्थामा शव फेला परेको छ ।

तारकेश्वर नगरपालिका–९, शुभकामना चोक निवासी ४५ वर्षीया रश्मी रिजाल शनिबार बिहान कारभित्र मृत अवस्थामा भेटिएकी हुन् ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार रिजाल साउन ८ गते बिहान करिब ७ बजेदेखि सम्पर्कविहीन भएकी थिइन्। परिवारले उनी हराएको जानकारी प्रहरीलाई दिएपछि खोजी अभियान सुरु गरिएको थियो।

खोजतलासका क्रममा प्रहरी टोलीले तारकेश्वर नगरपालिका–१ स्थित कालेबासे चुनदेवी बालुवा प्रशोधन केन्द्रमा पार्किङ गरिएको बा.ई. ०३१० नम्बरको विद्युतीय (ईभी) कारको पछाडिको सिटमा जलेको अवस्थामा उनको शव फेला पारेको जनाएको छ।

प्रहरीका अनुसार रिजाल नक्शालस्थित सानिमा क्यापिटल लिमिटेडमा मर्चेन्ट हेडका रूपमा कार्यरत थिइन्। घटनास्थलको मुचुल्का तयार गरी शवलाई पोस्टमार्टमका लागि पठाइएको छ।

घटनाको कारण खुल्न बाँकी रहेको र मृत्युको वास्तविक कारण पत्ता लगाउन प्रहरीले विभिन्न कोणबाट अनुसन्धान अघि बढाएको जनाएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077