Jul 25 2026 | २०८३, श्रावण ९ गते

25 Jul 2026 | शनिवार, श्रावण ९ गते २०८३

शनिवार, श्रावण ९ गते २०८३
images
images

रास्वपा सरकारले घात गर्‍यो, राष्ट्रियता र लोकतन्त्रमाथि प्रहार भयो : नारायणकाजी श्रेष्ठ

रास्वपा सरकारले घात गर्‍यो, राष्ट्रियता र लोकतन्त्रमाथि प्रहार भयो : नारायणकाजी श्रेष्ठ

शनिवार , श्रावण ९, २०८३

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता नारायणकाजी श्रेष्ठले वर्तमान सरकारको कार्यशैलीले राष्ट्रियता, संविधान र लोकतन्त्रमाथि गम्भीर प्रहार गरिरहेको आरोप लगाएका छन् ।

शनिबार नरबहादुर कर्माचार्यको स्मृति दिवसका अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै नेता श्रेष्ठले सरकारका पछिल्ला निर्णय र गतिविधिले मुलुकलाई नकारात्मक दिशातर्फ धकेलिरहेको टिप्पणी गरे।

उनले राष्ट्रिय सार्वभौमिकता र भौगोलिक अखण्डताका विषयमा सरकारले गम्भीर कमजोरी गरेको आरोप लगाउँदै संसद्मा नेपालले भारतको भूमि मिचेको भन्ने अभिव्यक्तिलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेताहरूले समर्थन गर्नु राष्ट्रहितविपरीत भएको बताए। यस्तो प्रवृत्तिले राष्ट्रिय एकता कमजोर बनाउने उनको भनाइ थियो।

श्रेष्ठले वर्तमान सरकार संविधानले परिकल्पना गरेको समाजवादउन्मुख राज्य र अर्थतन्त्रप्रति प्रतिबद्ध नरहेको दाबी गर्दै संविधान संशोधन लोकतन्त्रको संरक्षण र संविधानको मूल मर्मलाई केन्द्रमा राखेर मात्र अघि बढाइनुपर्नेमा जोड दिए। 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077