Jul 25 2026 | २०८३, श्रावण ९ गते

25 Jul 2026 | शनिवार, श्रावण ९ गते २०८३

शनिवार, श्रावण ९ गते २०८३
images
images

क्रकरोच पार्टीको आन्दोलन अन्त्य, प्रदर्शनकारीहरूलाई घर फर्कन आग्रह

क्रकरोच पार्टीको आन्दोलन अन्त्य, प्रदर्शनकारीहरूलाई घर फर्कन आग्रह

शनिवार , श्रावण ९, २०८३

काठमाडौं । नीट प्रश्नपत्र लिक प्रकरणलाई लिएर दिल्लीको जन्तरमन्तरमा जारी क्रकरोच जनता पार्टीको आन्दोलन स्थगित भएको छ ।

सरकारसँग भएका वार्तामा आफ्ना तीनै वटा मुख्य मागहरू पूरा भएपछि आन्दोलन फिर्ता लिइएको घोषणा गरिएको हो ।

केन्द्रीय मन्त्री जेपी नड्डा र जितेन्द्र सिंह तथा ककरोच जनता पार्टीका प्रवक्ता सौरभ दास र आशुतोष राङ्काले संयुक्त पत्रकार सम्मेलन गर्दै आन्दोलन अन्त्यको संयुक्त घोषणा गरेका हुन्।

पत्रकार सम्मेलनमा प्रवक्ता दासले जन्तरमन्तरमा रहेका सम्पूर्ण प्रदर्शनकारीहरूलाई अब आ-आफ्नो घर फर्कन आग्रह गरे।

पार्टीका अर्का प्रवक्ता आशुतोष राङ्काले पछिल्ला केही दिनमा सरकारसँग तीन चरणमा वार्ता भएको र आफ्ना तीनै वटा मागहरू सरकारले स्वीकार गरेको जानकारी दिए।

उनका अनुसार शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामा, आन्दोलनकारीहरूमाथि लगाइएका सबै मुद्दा फिर्ता र नीट पीडित परिवारलाई १-१ करोड रुपैयाँ क्षतिपूर्ति दिने मागमा सरकार सहमत भएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077