Jul 25 2026 | २०८३, श्रावण ९ गते

25 Jul 2026 | शनिवार, श्रावण ९ गते २०८३

शनिवार, श्रावण ९ गते २०८३
images
images

सरकारमाथि महेश बस्नेतको आरोप- राज्य ढुकुटी बचतको प्रचार भए पनि खर्च कटौती भएन

सरकारमाथि महेश बस्नेतको आरोप- राज्य ढुकुटी बचतको प्रचार भए पनि खर्च कटौती भएन

शनिवार , श्रावण ९, २०८३

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ नेतृत्वको सरकारमाथि राज्य खर्च घटाउने प्रतिबद्धताविपरीत सल्लाहकार तथा विभिन्न पदमा नियुक्तिको संख्या बढाएको आरोप लागेको छ।

नेकपा एमालेका नेता महेश बस्नेतले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको तुलनामा वर्तमान सरकारले सल्लाहकार तथा नियुक्तिको संख्या बढाएको दाबी गरेका छन्। उनले मन्त्रीको संख्या घटाएर राज्यको ढुकुटी बचाएको प्रचार गरिए पनि नियुक्ति र खर्चमा कमी नआएको आरोप लगाए।

बस्नेतले शनिबार सामाजिक सञ्जाल फेसबुकमार्फत लेख्दै ओली प्रधानमन्त्री हुँदा सल्लाहकारको संख्या ११ जना रहेको तर अहिले बालेन नेतृत्वको सरकारमा २७ जना पुगेको दाबी गरेका छन्।

उनले लेखेका छन्, “मन्त्रिमण्डल सानो बनाएर राज्यको ढुकुटी बचाए भनेर प्रचार गर्नेहरूले हटाइएका मन्त्री र सांसदका निजी सचिवालयका कर्मचारी तथा सल्लाहकारहरूलाई पुनः नियुक्ति दिएर राज्यकोषबाट तलब–सुविधा दिइरहेका छन्।”

बस्नेतका अनुसार मन्त्रीको संख्या घटे पनि नियुक्ति र प्रशासनिक खर्चमा कमी आएको छैन। उनले यसले राज्यमाथि थप आर्थिक भार परेको टिप्पणी गरेका छन्।

उनले विगतमा राज्य खर्च घटाउने विषयमा आवाज उठाउनेहरूले नै अहिले पद, नियुक्ति र सुविधाको विस्तार गरेको भन्दै सरकारको आलोचना गरेका छन्।

यद्यपि, सरकारले सल्लाहकार तथा विभिन्न नियुक्तिको संख्या, खर्च र त्यसको औचित्यबारे आधिकारिक धारणा सार्वजनिक गरेको छैन।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077