एजेन्सी । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहु र अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पबीच भेटवार्ता हुने भएको छ । इजरायली प्रधानमन्त्रीको कार्यालयका अनुसार उनीहरुबीच मंगलबार ह्वाइट हाउसमा भेट हुने भएको हो ।
नेतान्याहुको यो भ्रमण दुई नेताबिच इरानसँगको युद्ध व्यवस्थापनबारे तनाव बढिरहेको बेला हुन लागेको हो।
नेतन्याहुको कार्यालयले जनाएको छ, ‘प्रधानमन्त्री नेतन्याहुले मंगलबारर ह्वाइट हाउसमा राष्ट्रपति ट्रम्प ट्रम्पसँग भेट्ने कार्यक्रम तय भएको छ। भ्रमणका क्रममा उहाँले दिवंगत अमेरिकी सिनेटर लिन्डसे ग्राहमको अन्त्येष्टिमा भाग लिनुहुनेछ।’
प्रधानमन्त्री नेतन्याहु सोमबार वासिङ्टन प्रस्थान गर्नेछन्। ट्रम्प गत वर्ष अमेरिकाको राष्ट्रपति पदमा पुनःनिर्वाचित भएपछि यी दुई नेताबिच यो छैटौँ भेट हुनेछ।