Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

बडीमालिकामा तत्काल टेलिफोन र इन्टरनेट सेवा पुर्‍याउन सञ्चारमन्त्रीको निर्देशन

बडीमालिकामा तत्काल टेलिफोन र इन्टरनेट सेवा पुर्‍याउन सञ्चारमन्त्रीको निर्देशन

शुक्रवार , श्रावण ८, २०८३

काठमाडौं । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले बाजुराको बडीमालिका क्षेत्रमा तत्काल टेलिफोन र इन्टरनेट सेवा विस्तार गर्न नेपाल टेलिकमलाई निर्देशन दिएका छन्।

पर्यटकीय तथा धार्मिक महत्वको बडीमालिकामा सञ्चार सेवा अभाव रहेको विषयमा मन्त्रालयमा शुक्रबार भएको छलफलमा उनले टेलिफोन टावर निर्माणका लागि आवश्यक सामग्री हेलिकप्टरमार्फत ढुवानी गर्न व्यवस्था मिलाउन समेत निर्देशन दिएका हुन्।

नेपाल टेलिकमले पनि साउनभित्रै बडीमालिकामा टेलिफोन सेवा सञ्चालनमा ल्याउने प्रतिबद्धता जनाएको छ। 

टेलिकमका अनुसार टावर निर्माणका लागि आवश्यक सामग्री धनगढीसम्म पुगिसकेको छ भने नेपाली सेनाको हेलिकप्टर उपलब्ध भए लगत्तै निर्माण कार्य अघि बढाइनेछ।

शुक्रबार नै मन्त्री तिमिल्सिनाले बडीमालिका नगरपालिकाका प्रमुख अमरबहादुर खड्कासँग पनि आवश्यक छलफल गरेका छन् ।

छलफलमा सञ्चारमन्त्री डा. तिमिल्सिनाले नगरप्रमुख खड्कासँग कुन–कुन ठाउँमा कस्तो पुर्वाधार आवश्यक छ र त्यहाँ सडक सञ्जालको अवस्थाबारे पनि जानकारी लिएका छन्। 

बडीमालिका मन्दिर समुद्री सतहबाट करिब ४,२०० मिटर उचाइमा अवस्थित सुदूरपश्चिमको प्रमुख धार्मिक तीर्थस्थल हो।

हरेक वर्ष जनैपूर्णिमाको अवसरमा नेपालका विभिन्न जिल्लासहित भारतबाट पनि हजारौं भक्तजन यहाँ दर्शनका लागि पुग्ने गर्छन्। तर, सञ्चार सेवाको अभावका कारण तीर्थयात्री र स्थानीयवासीले लामो समयदेखि समस्या भोग्दै आएका छन्।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077