Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

दुई भारतीय लागुऔषध कारोबारी समात्न धनुषामा प्रहरीले चलायो गोली

दुई भारतीय लागुऔषध कारोबारी समात्न धनुषामा प्रहरीले चलायो गोली

शुक्रवार , श्रावण ८, २०८३

धनुषा। प्रहरीले धनुषाको ढल्केबरमा गोली चलाएर दुई जना लागुऔषध कारोबारीलाई पक्राउ गरेको छ । 

लागुऔषध नियन्त्रण ब्यूरो, शाखा कार्यालय बर्दिबासबाट खटिएको प्रहरी टोलीले शुक्रबार दिउँसो जिल्लाको मिथिला नगरपालिका–६ मा हवाई फायर गरी दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा भारतीय नागरिकहरू २८ वर्षीय सन्तोष कुमार महतो र ४५ वर्षीय मिथिलेश साहु छन् ।

शुक्रबार ढल्केबरबाट जनकपुर जाने सडकखण्डअन्तर्गत मिथिला नगरपालिका–६ बस्सी खोलानजिक प्रहरीसँग जम्काभेट भएपछि भाग्न लागेका कारोबारीलाई पक्राउ गर्न एक राउण्ड हवाई फायर गरिएको ब्यूरोले जनाएको छ ।

आरोपीहरूको साथबाट प्रहरीले ९५ ग्राम ५९० मिलिग्राम खैरो हेरोइन बरामद गरेको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077