Jul 03 2026 | २०८३, आषाढ १९ गते

03 Jul 2026 | शुक्रवार, आषाढ १९ गते २०८३

शुक्रवार, आषाढ १९ गते २०८३
images
images

सिरहामा प्रहरी–लागुऔषध तस्करबीच गोली हानाहान, भारतीय तस्कर पक्राउ

सिरहामा प्रहरी–लागुऔषध तस्करबीच गोली हानाहान, भारतीय तस्कर पक्राउ

'पेस्तोल, गोली र लागुऔषध बरामद'

शुक्रवार , आषाढ १९, २०८३

सिरहा । सिरहाको सीमावर्ती क्षेत्रमा प्रहरी र लागुऔषध कारोबारी समूहबीच शुक्रबार गोली हानाहान भएको छ।

घटनामा भारतका एक लागुऔषध तस्कर प्रहरीको गोली लागेर घाइते भएका छन् भने उनका अन्य साथीहरू फरार भएका छन्।

प्रहरीका अनुसार नवराजपुर गाउँपालिका–५ स्थित सीमावर्ती क्षेत्रमा ठूलो मात्रामा लागुऔषधको कारोबार भइरहेको गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय महेशपुर पतारका प्रमुख प्रहरी निरीक्षक विशाल मल्लको नेतृत्वमा प्रहरी टोली परिचालन गरिएको थियो।

प्रहरीले कारोबारी समूहलाई नियन्त्रणमा लिन खोज्दा उनीहरूले प्रहरीमाथि एक राउन्ड गोली प्रहार गरेका थिए। उक्त गोली कसैलाई नलागेपछि प्रहरीले जवाफी कारबाहीस्वरूप दुई राउन्ड गोली चलाएको हो । त्यसमध्ये एक गोली भारतको मधुवनी जिल्लाका अब्दुल कलामको खुट्टामा लागेको प्रहरीले जनाएको छ।

घाइते अब्दुललाई उपचारका लागि सिरहास्थित प्रादेशिक अस्पतालमा भर्ना गरिएको छ।

उनी यस गिरोहका मुख्य सदस्य रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको सिरहा प्रहरीका प्रवक्ता डीएसपी रमेशबहादुर पालले जानकारी दिए।

घटनास्थलबाट प्रहरीले १२२ ग्राम ब्राउन सुगरएक थान कटुवा पेस्तोल बरामद गरेको छ। प्रहरीले अब्दुलका अन्य २–३ जना साथीहरू भने फरार रहेको जनाएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077