Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

साँखुमा गोली चल्यो, एक जना घाइते

साँखुमा गोली चल्यो, एक जना घाइते

शुक्रवार , बैशाख ११, २०८३

काठमाडौं । काठमाडौंको साँखुमा शुक्रबार प्रहरीले गोली चलाएको छ।

लागुऔषध नियन्त्रण ब्युरोको टोलीले लागुऔषध प्रयोगकर्तालाई नियन्त्रणमा लिन गोली चलाएको हो।

ब्युरोका अनुसार लागुऔषध नियन्त्रण ब्युरोको अपरेशनका क्रममा लागुऔषध प्रयोगकर्ताले नै टोलीमाथि गोली चलाएपछि जवाफी कारबाहीमा प्रहरीले गोली चलाएको थियो।

 प्रहरीको जवाफी कारबाहीमा परी हेटौंडा घर भई हाल साँखु क्षेत्रमा बस्दै आएका ३५ वर्षीय जीवन जिम्मा घाइते भएका छन्।

घाइतेको साँखुस्थित सुस्मा कोइराला मेमोरियल अस्पतालमा उपचार भइरहेको छ।

प्रहरीले घटनास्थलबाट एक थान पेस्तोल समेत बरामद गरेको छ।

 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077