Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

काठमाडौंमा गोली हानेर समातिएका २ भारतीयबाट १ केजी ब्राउन सुगर बरामद

काठमाडौंमा गोली हानेर समातिएका २ भारतीयबाट १ केजी ब्राउन सुगर बरामद

मंगलवार , चैत्र २४, २०८२

काठमाडौं । काठमाडौंको गौशाला–पिंगलास्थान क्षेत्रबाट प्रहरीको कारबाहीमा दुई भारतीय नागरिक लागुऔषधसहित पक्राउ परेका छन् ।

लागुऔषध नियन्त्रण ब्युरो र जिल्ला प्रहरी परिसर काठमाडौँको संयुक्त टोलीले गएराति गोली चलाएर उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ परेकामध्ये भारतको बिहार घर भएका करिब ३२ वर्षीय अनिलकुमार पासवानलाई खुट्टाको घुँडामा गोली लागेको छ । हाल उनी राष्ट्रिय ट्रमा सेन्टरमा उपचाररत छन् ।

अर्का एकजना पक्राउ परे पनि सकुशल छन् । उनीहरुको साथबाट एक किलो ब्राउन सुगर बरामद गरिएको प्रहरीले जनाएको छ । उनीहरू सवार गाडी पनि नियन्त्रणमा लिइएको छ ।

जिल्ला प्रहरी कार्यालयले घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको जनाएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077