Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

लुटपाटमा संलग्न फरार व्यक्तिलाई समात्न प्रहरीले चलायो गोली

लुटपाटमा संलग्न फरार व्यक्तिलाई समात्न प्रहरीले चलायो गोली

आइतवार , जेठ १७, २०८३

काठमाडौं । लुटपाट घटनामा संलग्न व्यक्तिलाई पक्राउ गर्न खटिएको प्रहरीले काठमाडौंको जडीबुटी क्षेत्रमा गोली चलाएको छ । शनिबार प्रहरीमाथि आक्रमण गर्न खोजेपछि एक राउन्ड गोली प्रहार गरी फरार अभियुक्तलाई नियन्त्रणमा लिइएको हो । 

काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी पवन भट्टराईका अनुसार पक्राउ पर्ने व्यक्ति गणेश कार्की हुन् ।

उनी डाँका (लुटपाट) मुद्दाका आरोपित रहेका तथा गत भदौ २४ गते केन्द्रीय कारागारबाट फरार भएका व्यक्ति भएको खुलेको छ।

प्रहरीका अनुसार कार्कीलाई पक्राउ गर्ने क्रममा उनले प्रहरीमाथि जाइलाग्ने प्रयास गरेपछि आत्मरक्षाका लागि गोली चलाइएको थियो।

गोली लागेर घाइते भएका कार्कीलाई तत्काल उद्धार गरी राष्ट्रिय ट्रमा सेन्टर लगिएको छ। उनको उपचार भइरहेको प्रहरीले जनाएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077