Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

खकुकुरको खाना भन्दै अस्ट्रेलिया पठाउन लागिएको चुरोट त्रिभुवन विमानस्थलबाट बरामद

खकुकुरको खाना भन्दै अस्ट्रेलिया पठाउन लागिएको चुरोट त्रिभुवन विमानस्थलबाट बरामद

सोमवार , श्रावण ४, २०८३

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट गैरकानुनी रूपमा विदेश निर्यात गर्न लागिएको ठूलो परिमाणको सुर्तीजन्य पदार्थ (चुरोट) प्रहरीले बरामद गरेको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका अनुसार आइतबार विमानस्थलस्थित कार्गो कम्प्लेक्स भवनमा रहेको पिक एभिएसन प्रालिमार्फत अस्ट्रेलिया पठाउन लागिएको कार्गो जाँचका क्रममा उक्त चुरोट बरामद गरिएको हो।

प्रहरीका अनुसार अस्ट्रेलियामा रहेका एक व्यक्तिका नाममा पठाउन लागिएको ३५ वटा कार्टुनमध्ये एउटा कार्टुनमा ‘डग च्यु (कुकुरले खाने खाना)’ भनेर उल्लेख गरिएको थियो। तर नेपाल प्रहरी र भन्सार कार्यालयको संयुक्त टोलीले एक्स–रे परीक्षण तथा विस्तृत जाँच गर्दा कागजातमा उल्लेख नगरिएको सुर्तीजन्य पदार्थ (चुरोट) फेला परेको हो।

बरामद गरिएको चुरोट विभिन्न ब्रान्डका गरी कुल ६८ बण्डल रहेको प्रहरीले जनाएको छ। तीमध्ये भारतमा निर्मित क्लासिक डबल बस्ट ४ बण्डल, गोल्ड फ्लेक ३ बण्डल र शिखर आइस रुस ३१ बण्डल रहेका छन्।

प्रहरीका अनुसार बरामद गरिएको चुरोटको अनुमानित बजार मूल्य २ लाख ५७ हजार ४ सय रुपैयाँ रहेको छ।

बरामद गरिएको सुर्तीजन्य पदार्थ आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय, गौचर, काठमाडौँमा बुझाइएको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले विमानस्थलबाट हुने अवैध ओसारपसार, भन्सार छली तथा अन्य गैरकानुनी गतिविधि नियन्त्रण गर्न सुरक्षा निगरानी, कार्गो स्क्रिनिङ र अनुसन्धानलाई थप प्रभावकारी बनाइने जनाएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077