Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

रक्सी पसलभित्र अन्धाधुन्ध गोली चल्दा ९ जनाको मृत्यु

रक्सी पसलभित्र अन्धाधुन्ध गोली चल्दा ९ जनाको मृत्यु

सोमवार , पौष ७, २०८२

एजेन्सी । दक्षिण अफ्रिकाको जोहन्सबर्ग नजिकैको एउटा सहरमा अपरिचित समूहले अन्धाधुन्ध गोली चलाएको छ ।

बेकर्सडाल टाउनसिपमा रहेको एउटा रक्सी पसलभित्रै छिरेर एक समूहले गोली चलाएको हो । जसमा ९ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ।

आइतबार मध्यराति १ बजे एउटा गाडीमा आएका बन्दुकधारीहरूले मदिरा पिउँदै बसेका व्यक्तिहरूमाथि गोली चलाएका थिए।

घटनामा १० जना घाइते भएका छन्। गोली चलेपछि भागेका केही मानिसहरूलाई लखेटी लखेटी बन्दुकधारीहरूले गोली हानेका थिए।

घाइतेहरूलाई विभिन्न स्वास्थ्य केन्द्रमा उपचारका लागि लगिएको छ। गोलीकाण्डको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077