Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

घुससहित रंगेहात समातिए काठमाडौं महानगरका लेखा अधिकृत

घुससहित रंगेहात समातिए काठमाडौं महानगरका लेखा अधिकृत

शुक्रवार , श्रावण ८, २०८३

काठमाडौं ।  सेवाग्राहीसँग २१ हजार रुपैयाँ घुस लिएको आरोपमा काठमाडौं महानगरपालिका वडा नं। ३० का लेखा अधिकृत उद्धव भट्टराई पक्राउ परेका छन् ।

उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले २१ हजार रुपैयाँ घुससहित रंगेहात पक्राउ गरेको हो।

अख्तियारका अनुसार स्थायी लेखा नम्बर (प्यान) बन्द गर्न आवश्यक वडा सिफारिस उपलब्ध गराइदिने क्रममा सेवाग्राहीसँग घुस मागेको भन्ने उजुरीपछि अनुसन्धान गरिएको थियो।

सेवाग्राहीलाई कामका लागि अनावश्यक झन्झट दिई रकम माग गरेको भन्ने सूचनापछि आयोगले निगरानी बढाइएको थियो । 

सोही क्रममा टंगालस्थित अख्तियारको कार्यालयबाट खटिएको टोलीले भट्टराईलाई सेवाग्राहीबाट २१ हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा वडा कार्यालय परिसरबाट नियन्त्रणमा लिएको हो ।

पक्राउ परेका लेखा अधिकृत भट्टराईमाथि थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077