Jul 15 2026 | २०८३, आषाढ ३१ गते

15 Jul 2026 | बुधवार, आषाढ ३१ गते २०८३

बुधवार, आषाढ ३१ गते २०८३
images
images

होर्मुजमा २० प्रतिशत शुल्कको प्रस्तावबाट पछि हटे ट्रम्प

होर्मुजमा २० प्रतिशत शुल्कको प्रस्तावबाट पछि हटे ट्रम्प

बुधवार , आषाढ ३१, २०८३

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले होर्मुज जलमार्ग हुँदै ढुवानी हुने सबै कार्गोमा २० प्रतिशत शुल्क लगाउने प्रस्ताव फिर्ता लिएका छन्।

अमेरिकाले इरानी बन्दरगाहहरूमा नौसैनिक नाकाबन्दी पुनः सुरु गर्ने तयारी गरिरहेका बेला आएको यो निर्णयलाई मध्यपूर्वको बदलिँदो रणनीतिसँग जोडेर हेरिएको छ।

ट्रम्पले शुल्क लगाउने योजनाको सट्टा खाडी राष्ट्रहरूसँग ठूला व्यापार तथा लगानी सम्झौतामार्फत अमेरिकी हित सुरक्षित गर्ने नीति अपनाइएको बताएका छन्। यद्यपि, उनले प्रस्तावित सम्झौताका विषयमा विस्तृत विवरण भने सार्वजनिक गरेका छैनन्।

यो निर्णय अमेरिका–इरानबीच पुनः चर्किएको सैन्य तनावका बीच आएको हो। दुवै देशबीच हवाई आक्रमण तीव्र बन्दै जाँदा विश्वकै प्रमुख तेल ढुवानी मार्ग होर्मुज जलमार्गबाट हुने तेल ट्यांकरहरूको आवतजावत प्रभावित भएको छ। यसको असर अन्तर्राष्ट्रिय बजारमा समेत देखिएको छ भने कच्चा तेलको मूल्य उकालो लागेको छ।

ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत २० प्रतिशत शुल्कको योजना खाडी राष्ट्रहरूले अमेरिकामा गर्ने विशाल व्यापार तथा लगानी सम्झौताले प्रतिस्थापन गर्ने निर्णय गरेको उल्लेख गरेका छन्। उनले ती लगानीहरू “विशाल” हुने दाबी गरे पनि त्यसको स्वरूपबारे खुलाएका छैनन्।

उनले होर्मुज जलमार्ग इरानबाहेक अन्य सबै मुलुकका जहाजका लागि खुला रहेको दाबी गर्दै अमेरिकी सेनाको उपस्थितिका कारण तेल आपूर्ति निरन्तर रहेको बताएका छन्।

वासिङ्टनमा इराकका नयाँ प्रधानमन्त्री अली अल–जैदीसँगको भेटपछि पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले भने, “मलाई शुल्कको अवधारणा मन पर्दैन। तर, हामीले सम्पूर्ण विश्वका लागि यो जलमार्गको सुरक्षा गरिरहनु मात्रै पनि न्यायसंगत होइन।”

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077