Jul 14 2026 | २०८३, आषाढ ३० गते

14 Jul 2026 | मंगलवार, आषाढ ३० गते २०८३

मंगलवार, आषाढ ३० गते २०८३
images
images

रोजगारी बचाउन अर्थ मन्त्रालय अगाडि करार कर्मचारीको धर्ना

रोजगारी बचाउन अर्थ मन्त्रालय अगाडि करार कर्मचारीको धर्ना

मंगलवार , आषाढ ३०, २०८३

काठमाडौं । करार सेवामा कार्यरत कर्मचारी हटाउने सरकारी तयारीको विरोधमा विभिन्न मन्त्रालयका करार कर्मचारीले सिंहदरबारस्थित अर्थ मन्त्रालयको मुख्य प्रवेशद्वारमा धर्ना दिएका छन्।

सरकारले करार, अस्थायी तथा ज्यालादारी कर्मचारीहरूको करार अवधि नथप्ने निर्णय गरेपछि १८ मन्त्रालयअन्तर्गत कार्यरत कर्मचारी आन्दोलनमा उत्रिएका हुन्। 

अर्थ मन्त्रालय परिसरमा भेला भएका कर्मचारीहरूले करार अवधि नथप्ने निर्णय तत्काल फिर्ता लिन, रोजगारीको निरन्तरता सुनिश्चित गर्न तथा आफ्ना सेवासम्बन्धी मागहरू सम्बोधन गर्न सरकारसँग माग गरेका छन्। 

उनीहरूले सरकारको निर्णयले लामो समयदेखि विभिन्न सरकारी निकायमा कार्यरत हजारौं कर्मचारीको रोजगारी संकटमा परेको भन्दै नाराबाजीसमेत गरेका थिए।

आन्दोलनमा सहभागी कर्मचारीहरूले आफूहरू वर्षौंदेखि निरन्तर सेवा दिँदै आएको उल्लेख गर्दै कुनै वैकल्पिक व्यवस्था नगरी एकपक्षीय रूपमा सेवा समाप्त गर्ने निर्णय अन्यायपूर्ण भएको बताएका छन्। 

उनीहरूले प्रस्तावित व्यवस्थाले लामो समयदेखि करारमा कार्यरत हजारौँ कर्मचारीको रोजगारी संकटमा पर्ने भन्दै करार सेवाको निरन्तरता सुनिश्चित गर्न र आउटसोर्सिङ प्रणाली लागू गर्ने निर्णय रोक्न सरकारसँग माग गरेका छन्।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077