Jul 14 2026 | २०८३, आषाढ ३० गते

14 Jul 2026 | मंगलवार, आषाढ ३० गते २०८३

मंगलवार, आषाढ ३० गते २०८३
images
images

आज पनि चलेन यातायात कार्यालयको सर्भर, सेवाग्राही मर्कामा

आज पनि चलेन यातायात कार्यालयको सर्भर, सेवाग्राही मर्कामा

मंगलवार , आषाढ ३०, २०८३

काठमाडौं । यातायात कार्यालयको सर्भर लगातार दोस्रो दिन पनि अवरुद्ध भएको छ । जसले गर्दा देशैभरि लाइसेन्स र यातायात सम्बन्धी सेवा अवरुद्ध हुन पुगेको छ ।

यातायात व्यवस्था विभागले आर्थिक वर्ष अन्तिममा सर्भरमा अत्यधिक चाप बढ्दा सेवा अवरुद्ध भएको दाबी गरेको छ । यातायात कार्यालयहरूका अनुसार आज अपराह्नसम्म सर्भर चलेको छैन ।

यातायात व्यवस्था कार्यालय एकान्तकुनाले आज सवारी चालक अनुमतिपत्र प्रणाली अवरुद्ध भएको जानकारी गराएको छ । कार्यालयले सोमबार सूचना निकाल्दै ‘ईडीएल’ र ‘भीआरएस’ प्रणाली अवरुद्ध भएको जनाएको हो ।

सेवा अवरुद्ध हुँदा लाइसेन्स वितरण र दुई पाङ्ग्रे सवारीसाधनको ब्लुबुक नवीकरण बाहेक सम्पूर्ण सेवा अर्को सूचना नभएसम्म लागि स्थगित भएका छन् ।


यातायात व्यवस्था कार्यालय ठूलो भर्‍याङले समेत सर्भर डाउनका कारण सेवा अवरुद्ध भएको जानकारी दिएको छ । उपत्यका बाहिर समेत कार्यालयहरूले सर्भर डाउनका कारण काम अवरुद्ध भएको जानकारी गराएका छन् ।

त्यसैगरी यातायात व्यवस्था कार्यालय चाबहिलले समेत सर्भर समस्याका कारण लिखित तथा ट्रायल परीक्षा र लाइसेन्स वितरण बाहेक सबैका सेवा अवरुद्ध भएको जनाएको छ ।

उता, यातायात व्यवस्था कार्यालय विराटनगरले कार्यालयका सेवा असार मसान्तसम्म स्थगित गरेको सूचना जारी गरेको छ ।

कार्यालयका अनुसार लाइसेन्स सम्बन्धी बायोमेट्रिक, नवीकरण, लिखित परीक्षा र प्रयोगात्मक परीक्षा अर्को सूचना प्रकाशित नभएसम्म स्थगित भएको छ ।

यस्तै यातायात व्यवस्था कार्यालय सुनसरीले समेत सर्भर डाउन हुँदा स्मार्ट कार्ड वितरण बाहेक सबै सेवा स्थगित भएको जनाएको छ । सबै यातायात कार्यालयका काम रोकिएका छन् । 

uyartayat.jpg
undefined

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077