Jul 14 2026 | २०८३, आषाढ ३० गते

14 Jul 2026 | मंगलवार, आषाढ ३० गते २०८३

मंगलवार, आषाढ ३० गते २०८३
images
images

यातायात व्यवस्था कार्यालय एकान्तकुनाबाट बिचौलियाको काम गर्ने महिला पक्राउ

काठमाडौं । यातायात व्यवस्था कार्यालय एकान्तकुनामा बिचौलियाको रूपमा कार्य गर्ने एक जना महिला पक्राउ परेकी छिन् ।

ओखलढुङ्गाको चिशंखुगढी नगरपालिका ९ घर भइ हाल काठमाडौँको गोठाटार बस्दै आएकी २३ वर्षीया मनिता राईलाई ट्राफिक प्रहरीले बिहीबार नियन्त्रणमा लिएको हो ।

यातायात कार्यालयमा आउने सेवाग्राहीहरूलाई छिटो छरितो तरिकाले काम गरिदिन्छु भन्दै रकम समेत लिने उद्देश्यले राईले बिचौलियाको रूपमा काम गरेको पाइएपछि काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा रहेको पीडित सहायता इकाईबाट खटिएको टोलीले सेवा ग्राहीका ३ थान सवारी चालक अनुमति पत्र सहित नियन्त्रणमा लिएको हो ।

नियन्त्रणमा आएकी उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत्त सातदोबाटो ललितपुर पठाइएकोमा जिल्ला प्रशासन कार्यालयबाट शुक्रबार ७ दिन म्याद थप अनुमती लिई अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077