काठमाडौं। प्रधानमन्त्री वालेन्द्र शाह 'बालेन' ले आह्वान गरेको मन्त्रिपरिषद् बैठक जारी छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बैठक केही बेरअघिदेखि बसेको हो ।
बैठकमा नेपाल दूरसञ्चार प्राधिकरणका चार सदस्य नियुक्त गर्ने प्रस्तावमाथि निर्णय हुन सक्ने सम्भावना रहेको छ।
यसैगरी प्रतिनिधि सभाको चालु अधिवेशन अन्त्य गर्ने विषय पनि मन्त्रिपरिषद्को एजेन्डामा पर्न सक्ने स्रोतले जनाएको छ।