काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह 'बालेन'को अध्यक्षतामा मन्त्रिपरिषद्को बैठक सुरु भएको छ।
बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जारी रहेको छ।
बैठकमा सरकारका नियमित प्रशासनिक तथा समसामयिक विषयमा छलफल हुने जनाइएको छ।
यसैगरी हालका मुख्यसचिव सुमनराज अर्याल शुक्रबारदेखि अनिवार्य अवकाशमा जान लागेकाले आजको बैठकले नयाँ मुख्यसचिव नियुक्त गर्ने सम्भावना उच्च रहेको छ।