Jul 08 2026 | २०८३, आषाढ २४ गते

08 Jul 2026 | बुधवार, आषाढ २४ गते २०८३

बुधवार, आषाढ २४ गते २०८३
images
images

नेपाल राष्ट्र बैंक तेस्रो संशोधन विधेयक संसदीय समितिमा पठाइयो

नेपाल राष्ट्र बैंक तेस्रो संशोधन विधेयक संसदीय समितिमा पठाइयो

बुधवार , आषाढ २४, २०८३

काठमाडौं । नेपाल राष्ट्र बैंक तेस्रो संशोधन विधेयक २०८३ लाई दफावार छलफलका लागि सम्बन्धित संसदीय समितिमा पठाइएको छ। 

प्रतिनिधिसभाको बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाल राष्ट्र बैंक (तेस्रो संशोधन) विधेयक २०८३ लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस् भनेर प्रस्ताव राखेका थिए । उक्त प्रश्ताव सर्वसम्मतिले पारित पनि भएको  छ ।

त्यसैगरी बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडक राज पौडेलले पर्यटन विधेयक, २०८२ लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए ।

उक्त प्रश्ताव सर्वसम्मतिले पारित पनि भएको  छ । दुवै विधेयकमाथि अब दफावार छलफल सम्बन्धित संसदीय विषयगत समितिमा हुनेछ। 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077