काठमाडौं। बुधबार राष्ट्रियसभाबाट दुई विधेयक स्वीकृत भएका छन् ।
प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक, २०८३ र ‘मतदाता नामावली (पहिलो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव राष्ट्रियसभाबाट सर्वसम्मतिले स्वीकृत भएका हुन् ।
ती दुई विधेयक प्रधानमन्त्री एवं गृहमन्त्री वालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले सभामा प्रस्तुत गरेकी थिइन्।
सो विधेयकमाथिको सैद्धान्तिक छलफलमा सांसद सुरेशकुमार आले मगर, पदमबहादुर परियार र खम्बबहादुर खातीले भाग लिएका थिए।
यसैगरी राष्ट्रियसभाको अर्को बैठक १५ जेठ अपराह्न ५ः४५ बस्नेछ।