Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

बीवाईडीलाई अर्को झड्का, भन्सार छलेर भित्र्याइएका सयौं गाडी सशस्त्रको नियन्त्रणमा

बीवाईडीलाई अर्को झड्का, भन्सार छलेर भित्र्याइएका सयौं गाडी सशस्त्रको नियन्त्रणमा

बिहिवार , जेठ २१, २०८३

काठमाडौं । सशस्त्र प्रहरी बल नेपालले मुस्ताङको कोरोला नाकाबाट भित्रिएका ७७४ वटा विद्युतीय गाडी नियन्त्रणमा लिएको छ ।

भन्सार छलि गरेको आशंकामा जोमसोम, पर्वतको कुस्मा र कास्कीको हेम्जाबाट बुधबार राति सशस्त्र प्रहरी बलले ती गाडीहरु नियन्त्रणमा लिएको हो ।

गाडी नियन्त्रणमा लिन सशस्त्र प्रहरी बल नेपाल नं. ३३ गुल्म मुस्ताङ, म्याग्दी गुल्म, नं. २५ चण्डिका गण पर्वत, नं. २४ कालिका गण कास्कीबाट सुरक्षाकर्मी परिचालन गरिएको थियो ।

नियन्त्रणमा लिइएका सबै गाडीहरु आवश्यक अनुसन्धानको लागि सम्बन्धित निकायमा बुझाइने सशस्त्रले जनाएको छ । नियन्त्रण लिइएका विद्युतीय सवारीसाधनहरु अधिकांश बीवाईडीको भएको खुलेको छ । 

यसअघि बुधबार अनलाइन नेपालले भन्सार चोरीमा बीवाईडी, अर्थ मन्त्रालयले थाल्यो छानबिन शिर्षकमा समाचार प्रकाशित गरेको थियो ।

उक्त समाचार प्रकाशित भएकै दिन राती सशस्त्र प्रहरीले सयौंको संख्यामा बीवाईडीका सवारी साधन नियन्त्रणमा लिएको हो । 

भन्सार शुल्क बढ्ने सूचना पाएपछि बीवाईडी, डीपललगायतका विद्युतीय सवारीहरुले पुरानै मितिको प्रज्ञापनपत्र बनाएर सवारीहरु भित्र्याइरहेका छन् । 

नेपालमा बीवाईडी आयात गर्दै आएको साइमेक्स इंकले बजेटअघिको एक महिनामा सबैभन्दा बढी ८ सय ४० वटा एटो टू नेपाल भित्र्याएको छ। यसैगरी साइमेक्सले सिलायन सेभेन १ सय ४५, एटो वान ४ सय ९ र एटो थ्री २ वटा गरी एक महिनामै १ हजार ३ सय ९६ वटा सवारी जाँचपास गरेको थियो।

साइमेक्सले कर बढ्ने सूचना पाएर बजेटअघिको एक महिनामा १ हजार ३ सय ९६ वटा वीवाईडी कार भन्सार छुटाएको हो। जसमा सरकारलाई आउने १ अर्ब २ करोड ७१ लाख ८२ हजार ५५ रुपैयाँ कर गुमेको छ। 

साइमेक्सले बजेटअघिको मे महिनामा मात्रै १ हजार ३ सय ९६ वटा विद्युतीय सवारी मुस्ताङ र रसुवा नाकाबाट जाँच पास गराएको थियो।

साइमेक्सले नेपालमा सवारी बिक्री गर्न थालेपछि एकै महिनामा भित्र्याएको सवारीको संख्या अहिलेसम्मकै बढी हो। 

साइमेक्सले बजेटमा कर बढ्ने भएपछि त्यसअघि नै गाडी आयात गरेको प्रज्ञापनपत्र बनाएर रसुवा नाकामा भन्सार छलीको प्रयास गरेको रहस्य खुलेको छ । यसमा अर्थ मन्त्रालयले पनि छानबिन थालिसकेको छ । 

गत जेठ १५ गते सार्वजनिक बजेटमा महंगा बिद्युतीय गाडीको भन्सार बढाइएको छ। त्यो थाहा पाएपछिक सय ८७ वटा गाडी आयातको प्रक्रिया अघि बढाएको थियो। तर, समयमा गाडी आइपुगेन । 

भन्सारमा सेटिङ मिलाएर ती गाडी जाँचपास भइसकेको भनेर प्रज्ञापनपत्र बनाइएको थियो। यसबाट सरकारले ठूलो मात्रामा भन्सार गुमाएको छ । यसमा ठूलो आर्थिक चलखेलको आशंकापछि अर्थ मन्त्रालयले रसुवा भन्सार प्रमुख तुलसीप्रसाद भट्टराईलगायत अधिकारीलाई जिम्मेवारीबाट हटाएको छ। 

राजश्व छलीको विषयमा विस्तृत छानबिनका लागि अर्थ मन्त्रालयको टोली रसुवा भन्सार पुगेका बेला यता, कोरोला नाकााबट भने सयौंको संख्यामा बीवाईडीका गाडी भित्रिएका हुन् । 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077