Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

बजेटअघि नै वीरगञ्ज भन्सारको सेटिङमा २७० वटा डिपल गाडी भित्रिएको खुलासा

बजेटअघि नै वीरगञ्ज भन्सारको सेटिङमा २७० वटा डिपल गाडी भित्रिएको खुलासा

बिहिवार , जेठ २१, २०८३

काठमाडौं । बजेटको सूचना लिक भएपछि मोरङ अटो वर्क्सले समेत हालै ठूलो मात्रामा सवारी साधन भित्र्याएको छ।

डिपल इभी मात्र सो कम्पनीले २७० वटा बजेटको मुखमा भित्र्याएको हो । वीरगञ्ज भन्सारको सेटिङमा यसरी ठूलो मात्रामा सवारी साधन भित्राइएको हो । 

मोरङ अटोका सञ्चालक विष्णु अग्रवाल हुन्। उनको अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँग समेत निकटता छ । सोही निकटताको फाइदा उनले उठाएको चर्चा छ । 

डिपल नेपालमा भित्रने महंगा इभी गाडीमध्ये एक हो । बजेटले महंगो इभीको भन्सार र कर दुवै बढाएको छ । तर, बजेटअघि नै २७० सवारी साधन भित्राएपछि सो कम्पनीले करोडौं कर छली गरेको छ। 

अर्थ मन्त्रालयले बिवाईडी लगायत केही कम्पनीमाथि भने छानबिन गरिरहेको छ । बिआइडीले गाडी आयात नभईकन प्रज्ञानपत्र बनाएर भन्सार छली गरेको थियो। जसमा रसुवा भन्सारका प्रमुखसहितका कर्मचारीलाई अर्थ मन्त्रालयले जिम्मेवारीबाट हटाइसकेको छ। 

भन्सार चोरीमा बीवाईडी, अर्थ मन्त्रालयले थाल्यो छानबिन भन्सार चोरीमा बीवाईडी, अर्थ मन्त्रालयले थाल्यो छानबिन

त्यस्तै, कोरला नाकाबाट यसैगरी सवारी साधन भित्राइएको आशंका गरिएको छ। जसमा अर्थ मन्त्रालयले त्यहाँबाट भित्रिएका करिब सात सय सवारी साधन बाटोमै होल्ड गरेर छानबिन थालेको छ ।

अर्कोतिर आयातित सवारी साधनको किलोबाट घटाएर राजश्व छली गरेको खुलेपछि बीवाईडी गाडीको आधिकारिक बिक्रेता साइमेक्स इंक र मोरङ अटो वर्क्समाथि छानविन भइरहेको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077